Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलाैरीमा पिएसपी ग्रुपद्वारा यामाहा मोटर साईकल शोरूम सञ्चालन

बेलाैरीमा पिएसपी ग्रुपद्वारा यामाहा मोटर साईकल शोरूम सञ्चालन

धन ब.विक/कञ्चनपुर, कञ्चनपुरको बेलौरीमा पिएसपी ग्रुपले यामाहा मोटर साईकल शोरूम सञ्चालनमा ल्याएको छ । आईतबार सुदूरपश्चिम प्रदेशका आर्थिक तथा योजना मन्त्री तारालामाले सोरूमको उद्घाटन गर्नुभएको छ । गत असोज २१ गते घटस्थापनाका दिन अनौपचारिक रूपमा सञ्चालनमा आएको पिएसपि ग्रुपले आईतबार आधिकारिक रूपले उद्घाटन गरेको हो । कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्री तारालामा तामाङले हिजो मोटरसाइकल चलाउने बिषय विलासिताका बस्तु लाग्थ्यो तर आज समयको माग संगै आवश्यकताको बिषय बनेको छ । पुनर्वासका सफल व्यवसायी मथुरा श्रेष्ठका छोरा प्रकाश श्रेष्ठ तथा उहाँका समकक्षी पिएसपी ग्रुपलाई धन्यवाद दिंदै नयाँ कारोबारको उत्तरोत्तर प्रगतिको शुभकामना समेत मन्त्री लामाले दिनुभयो ।

यामाहा शोरूमले यो सहित १०२ ओटा शोरूमको स्थापना गरेको छ । यसै बर्ष देशैभर १२० ओटा शोरूमको स्थापना गरिने यामाहा कम्पनीका महाप्रबन्धक हरी दहालले बताउनुभयो । बेलौरी शाखाबाट नयाँ मोटर साईकल तथा स्पेयर पार्टस बिक्रि साथै मर्मतको सुबिधा समेत रहेको शोरुम सञ्चालक प्रकाश श्रेष्ठले बताउनुभयो । उहाँले कम्प्युटर प्रविधिबाट मोटरसाइकलको समस्या पत्ता लगाई मर्मत गर्ने सुविधा समेत रहेको जानकारी दिनुभयो । विगतमा सामान्य मोटरसाइकल मर्मत गर्न समेत धनगढी , महेन्द्रनगर जानुपर्ने बाध्यतालाई यामाहा को पिएसपि ग्रुपले सहज बनाईदिएको नेकपा एमाले केन्द्रीय सदस्य कमला बोहोराले बताउनुभयो । सो अवसरमा विभिन्न पार्टीका प्रतिनिधि, उधोगि व्यापारी धनगढी, महेन्द्रनगरका मोटरसाइकल सोरूमका सञ्चालकहरू लगायतको उपस्थिति रहेको थियोे ।

ताजा समाचार