Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीसमाजवादी कृष्णपुर नगरपालिका ५को वडाध्यक्षमा बोगटी कृष्णपुरमा एमाले त्याग्दै समाजवादी प्रवेस गर्दै

समाजवादी कृष्णपुर नगरपालिका ५को वडाध्यक्षमा बोगटी कृष्णपुरमा एमाले त्याग्दै समाजवादी प्रवेस गर्दै

कृष्णपुर,
कञ्चनपुरको कृष्णपुरमा नेकपा एमालेका नेता कार्यकर्ताले धमाधम पार्टी परित्याग गर्र्दै नेकपा एकिकृत समाजवादी प्रवेस गरिरहेका छन । आइतबार समाजवादी कृष्णपुर नगरपालिका ५को वडा सम्मेलन कार्यक्रममा एमाले कार्यकर्ता सितादेवी बोगटी, रोहिनी देवी रावल नेतृत्वमा एमाले नेता कार्यकर्ता सहित दर्जनौँले समावादी प्रवेस गरेका छन । नेकपा एकिकृत समाजवादी कञ्चनपुरका युवा नेता एव प्रदेश सदस्य सुरेन्द्र बहादुर बमले एमाले परित्याग गर्दै समाजवादी प्रवेस गर्नेहरुको लर्को बढेको बताए । उनका अनुसार भागरती कुमारी दमर्इँ, द्रोपती विक,ईन्द्र चौधरी, सुरेन्द्र सुनार,देव नेपाली धौली दमाई, हेमराज चौधरी रुप ब. कुँवर, भानी टमाटाले एमाले परित्याग र रोहिन देवी रावलले काँग्रेस, राम ब.सार्की लगायतले जनमोर्चा परित्याग गरेर समाजवादी प्रवेस गरेका हुन । नेकपा एकिकृत समाजवादी कृष्णपृुर नगरपालिका ५को वडाध्यक्षमा अशोक कुश्मी, उपाध्यक्ष राम ब. ओली, नरेश राना, सचिव रोहिनी देवी रावल, उप सचिव भानी टमाटा, दिपक राज जोशी, सावित्री देउवा चयन भएका छन ।

ताजा समाचार