Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीएमाले बेलडाँडी गाँउपालिका १ र ४ मा जिल्ला अधिवेशन प्रतिनिधी सर्वसम्मत

एमाले बेलडाँडी गाँउपालिका १ र ४ मा जिल्ला अधिवेशन प्रतिनिधी सर्वसम्मत

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनका लागि वडाबाट प्रतिनिधी छनौट भईरहेका छन । एमाले जिल्ला कार्य समिति कञ्चनपुरको निर्देशन अनुरुप शनिबार जिल्लाका ९२वटै वडाहरुबाट जिल्ला अधिवेशन प्रतिनिधी छनौट भईरहेका छन । एमाले बेलडाँडी गाँउपालिका १मा जिल्ला प्रतिनिधी सर्वसम्मत भएका हुन । एमाले बेलडाँडीका युवा नेता शंकर भट्टले १मा सर्वसम्मत अनुरुप जिल्ला अधिवेशन प्रतिनिधी छनौट भएको बताए । उनका अनुसार १बाट लक्ष्मी भट्ट, नारायण जोशी, बिर बहादुर विष्ट सर्वसम्मतबाट चयन भएका छन । यसैगरि वडा नं. ४मा पनि जिल्ला प्रतिनिधी छनौट भएका छन । ४मा चन्द्र ब. खडका खगेश्वरी भण्डारी छनौट भएका छन ।

ताजा समाचार