Friday, August 19, 2022
गृहपृष्ठमुख्य समाचारस्वास्थ्यकर्मीलाई कोभिड-१९ रोकथामका लागि अभिमुखिकरण

स्वास्थ्यकर्मीलाई कोभिड-१९ रोकथामका लागि अभिमुखिकरण

कञ्चनपुर / पौष १४ बुधबार
कृष्णपुर नगरपालिकाक स्वास्थ्यकर्मी लाई कोभिड-१९ रोकथामका लागि एक दिने अभिमुखिकरण तालिम दिएको छ।May be an image of 8 people, people sitting, people standing and indoorशुक्रबार एक कार्यक्रमका साथ एमसिएपिको आर्थिक सहयोग र एलडब्ल्युआरको साझेदारी तथा निड्स नेपालको सहकार्यमा सञ्चालित (रिकवर) परियोजना अन्तर्गत स्वास्थ्यकर्मी लाई एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी संक्रमित संग सबै भन्दा नजिक हुने हुँदा खोपको बारेमा जानकारी र नयाँ भेरियन्टको जोखिम कम गर्न स्वास्थ्यकर्मीको क्षमता विकास संगै त्यसको पहिचान ,व्यवस्थापन र उपचार बारे अभिमुखिकरण तालिमको मुख्य उद्देश्य रहेको परियोजनाका कार्यक्रम संयोजक बिनोद सिंह कडाराले बताउनु भयो।May be an image of 5 people, people standing and indoorकृष्णपुर नगरपालिका सहजकर्ता स्वास्थ्य निरीक्षक योगेश कुमार अवस्थीले कोभिड-१९ को नयाँ भेरेयन्टको ओ पहिचान ,व्यवस्थापन र उपचारमा स्वास्थ्यकर्मी को कस्तो भुमिका रहने भन्ने बारेमा सहजीकरणका साथै प्रस्तुतीकरण दिनु भएको भएको थियो। तेस्रो भेरियन्ट जटिलता बढ्न सक्ने हुँदा खोपको प्रभावकारिता राम्रै बनाउनु र नियमित सरसफाइ लगायतका जनस्वास्थ्यको मापदण्ड पालना गरेर कोभिड-१९ को तेस्रो भेरियन्टबाट बच्न सकिने सहभागी लाई जानकारी दिएको हो।
कार्यक्रममा कृष्णपुर नगरपालिका प्रशासकीय अधिकृत,स्वास्थ्य निरीक्षक योगेश कुमार अवस्थी र कृष्णपुर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी लगायत ३९ जनाको उपस्थिति रहेको थियो।

ताजा समाचार