Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीपुष पन्ध्रको रात, हात्तीको साथ

पुष पन्ध्रको रात, हात्तीको साथ

बेलडाँडी,
पछिल्लो समयमा दैनिक जसो बेलडाँडी क्षेत्रमा जंगली हात्तीले आतंक मचाइरहेको छ ।
हात्ती भगाउने ठोस कुनै उपाय निकुञ्ज कार्यालय संग समेत छैन् । हात्ती भगाउने उपाय भनेको आगो बाल्ने, पटका फोड्ने, सामुहिक हल्लाकुल्ला गर्ने नै हो । आज भोली बेलडाँडीका सबै वडा वासीहरु राती हात्ती आउछ भनि दिउसै उज्यालोको जोह गर्ने उपाय गरिरहेका छन् । निकुञ्ज किनारका बस्तीहरुमा पस्दा चोक चोकमा आगोबाल्नका लागि स्थानिय बासिन्दाले टायर, झाडपात थुर्पाने गरेका छन् ।

यसै सन्र्दभमा हिजो पुष १५ सुदूरपश्चिमेलीहरुले सबै भन्दा लामो रातका रुपमा मनाउने र उक्त रात काट्नको लागि जागाराम बस्ने, कहानी सुन्ने, देउडा खेल्ने, तरुल खाने, मिठो खाना खाने, राती समेत खाना खाने चलन चल्तीमा रहेको छ । सोही राती हात्ती बेलडाँडी २ क्याम्प, गौडी क्षेत्रको बस्तीमा पसेर कहिले यता दर्गुने, कहिले उता दर्गुने रमाईलो दृष्य समेत बन्न पुग्यो तर कतिपय किसानको गहँु, ऊखु बली नोक्सान समेत गरिदियो । जंगली जनावर नियान्त्रणका लागि सवन्धित सरोकारवाला निकायको ध्यान पुगोस् र दिगो नियन्त्रणको उपाय ल्याइयोस् ।

ताजा समाचार