कञ्चनपुर: महाकाली पा्रदेशिक अस्पतालका स्वास्थ्यकर्मी लाई कोभिड-१९ रोकथामका लागि एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ।
बुधबार एक कार्यक्रमका साथ एमसिएपिको आर्थिक सहयोग र एलडब्ल्युआरको साझेदारी तथा निड्स नेपालको सहकार्यमा सञ्चालित (रिकवर) परियोजना अन्तर्गत स्वास्थ्यकर्मी लाई एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
आग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी प्रत्येक्ष रुपमा संक्रमित संग नजिक हुने हुँदा खोपको बारेमा जानकारी र नयाँ भेरियन्टको जोखिम कम गर्न स्वास्थ्यकर्मीको क्षमता विकास संगै त्यसको पहिचान ,व्यवस्थापन र उपचार बारे अभिमुखिकरणका मुख्य उद्देश्य रहेको परियोजनाका कार्यक्रम संयोजक बिनोद सिंह कडाराले बताउनु भयो।





