Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीअनेरास्ववियु विज्ञान क्याम्पस इकाई अध्यक्षमा फुलारा

अनेरास्ववियु विज्ञान क्याम्पस इकाई अध्यक्षमा फुलारा

कञ्चनपुर,
नेकपा एमाले निकट अनेरास्ववियु सिद्धनाथ विज्ञान क्याम्पसको अध्यक्षमा खेम फुलारा चयन भएका छन । अनेरास्ववियु सिद्धनाथ विज्ञान क्याम्पसको भेलाले अध्यक्षमा फुलारालाई चयन गरेको हो । अनेरास्ववियु कञ्चनपुरका कोषाध्यक्ष विक्रम थापाले संगठनले अघि सारेको कार्यक्तम अन्र्तरगत विज्ञान क्याम्पसमा समेत कमिटि विस्तार भएको बताए । उनका अनुसार अध्यक्षमा फुलारा सहितका नेताहरुलाई पदाधिकारी एव सदस्यको जिम्मेबारी दिईएको छ । उपाध्यक्ष दिपक थापा, प्रतिमा सापकोटा, सचिव रमित भट्ट, सह सचिव बिर्जन थापा, हरिस बडाल, सुनिता कुँवल, शिवानी भण्डारी, कोषाध्यक्ष नरेश भट्ट रहेका छन । नेकपा एमाले केन्द्रीय सदस्य तथा कञ्चनपुर सह इन्चार्ज नर बहादुर धामीको प्रमुख आथित्यमा भएको कार्यक्रममा अनेरास्ववियुका जिल्ला सह इन्चार्ज अर्जुन भट्ट, अध्यक्ष कमल रोकाया, उपाध्यक्ष नरेन्द्र कार्की, सचिव अमर धामी, कोषाध्यक्ष विक्रम थापा सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार