Wednesday, August 10, 2022
गृहपृष्ठआर्थिकपर्यटनमन्त्री आलेले सुदूरका बिमान स्थलमा मोटो बजेट हालेसंगै मन्त्रालयका कर्मचारी रुष्ट

पर्यटनमन्त्री आलेले सुदूरका बिमान स्थलमा मोटो बजेट हालेसंगै मन्त्रालयका कर्मचारी रुष्ट

कञ्चनपुर,
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले सूदुरपश्चिम प्रदेशका बिमान स्थलमा मोटो बजेट हालेसंगै उनीमाथि मन्त्रालयका कर्मचारी रुष्ट भएका छन ।
चालु आर्थिक बर्ष २०७८÷०७९ को नीति, तथा कार्यक्रम अन्र्तरगत पर्यटनमन्त्री आलेले सुदूरको विकासका लागि बिमानस्थलमा बजेट हालेसंगै मन्त्रालयका केही कर्मचारी रुष्ट भएको स्रोतले जनाएको छ । ‘पर्यटनमन्त्री सूदुरपश्चिमका भएकाले उनले यहाँको विकासका लागि बजेट विनियोजन गरे, ‘स्रोतले भन्यो, ‘भएको पुरै बजेट आफ्नो प्रदेशमा लगेको भन्दै कर्मचारी रुष्ट भएका छन ।’कर्मचारीको चाहना आफ्नो क्षेत्रमा बजेट लग्ने भएपनि मन्त्रीले पुरै बजेट सुदूरमा पठाएपछि कर्मचारीमन्त्रीप्रति रुष्ट भएका हुन । मन्त्री आलेकै पहलमा बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ ।
गेटा विमानस्थलका लागि एक अर्ब रुपैयाँ, अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि ६ करोड रुपैयाँ, कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि दुई करोड ५१ लाख ३२ हजार सात सय ४३।३६ रुपैयाँ, बैतडीको पाटन विमानस्थलका लागि एक करोड ५० लाख ४४ हजार दुई सय ४७।७८ रुपैयाँ, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि दुई करोड ६५ लाख ४८ हजार ६ सय ७२.५६ रुपैयाँ, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार दुई सय रुपैयाँ, बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार तीन सय रुपैयाँ, डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्यनका लागि ५० लाख रुपैयाँ तथा डोटी विमानस्थलको दुई सय ५० मिटर धावनमार्ग थप, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि १८ करोड ६१ लाख ४७ हजार एक सय रुपैयाँ विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
सुदूरपश्चिमका साना विमानस्थलको स्तरोन्नतिदेखि कैलालीको गेटामा रहेको विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन दुई सय ५० बिघा जमिन अधिग्रहण तथा दुई हजार पाँच सय मिटर धावनमार्गका लागि बजेट विनियोजन गरिएपछि यहाँका नागरिकमा खुसियाली छाएको दिपायल सिलगढी नगरपालिका– २ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए। प्राधिकरणले बजेट विनियोजन गरेसँगै अब यहाँका सबै विमानस्थलमा काम सुरु गरिने धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। उनले भने, ‘बजेट विनियोजन भइसकेको छ, अब छिट्टै काम सुरु हुनेछ।’ सुदूरका बिमानस्थलको स्तरबृद्धिका लागि मन्त्री आलेको पहलमा बिनियोजित बजेटले बिमानस्थल स्तरबृद्धि हुनेछन । 

ताजा समाचार