Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीको झिलमिलामा युवाहरुको पहलमा पुनः बस सञ्चालन

बेलडाँडीको झिलमिलामा युवाहरुको पहलमा पुनः बस सञ्चालन

बेलडाँडी,
विगत लामो समयदेखि बेलडाँडी गाउँपालिकाको वडा नं. ५ को झिलमिला क्षेत्रमा अवरुच रहेको यात्रु बस सेवा युवाहरुको पहलमा पुनः सञ्चालमा आएको छ ।

हिमसागर युवा समाजको पहलमा हिजो पौष १३ गते देखि यात्रु बस झिलमिला बस्ती भएर चल्ने युवा समाजसेवी इन्द्र खडकाले जानकारी गराउन भयो । उहाँका अनुसार सडकको समस्या देखाएर विगत लामो समय देखि उक्त सडकमा चल्न लागेको बस बन्द भएको थियो । झिलमिलका नागरिकलाई आवत जावत गर्न निकै समस्या भएका कारण युवाहरुको पहलमा समस्या समाधान गरिएको जनाए । झिलमिलाका नागरिकले यातायात सेवा नभएका कारण भोग्नु परेको समस्या अव समाधान हुने बस व्यसायी नर बहादुर धामीले बताए ।

झिलमिलामा पुनः यात्रु बस सञ्चालन भएपछि स्थानीयहरुमा खुसी छाएको छ । युवाहरुको यस्तो सकारात्मक कार्यको निकै प्रशंसा भएको छ ।

 

ताजा समाचार