Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीकेन्द्रमा डेलिगेशन गएको आरक्षपीडितले भने, ‘बम आयोगको प्रतिवेदन पीडितको हितमा छ, कार्यान्वयन...

केन्द्रमा डेलिगेशन गएको आरक्षपीडितले भने, ‘बम आयोगको प्रतिवेदन पीडितको हितमा छ, कार्यान्वयन नगरे आन्दोलन गछौँ

काठमाण्डौँ,
पूर्नस्थापनाको माग अघि सारेर कर्ण बहादुर चन्द नेतृत्वको आरक्षपीडित संघर्ष समिति अहिले काठमाण्डौँ गएको छ ।
केन्द्रमा डेलिगेशनमा गएको आरक्षपीडितले सुरेन्द्र बम नेतृत्वको आयोगले पीडितको हितमा ल्याएको प्रतिवेदन कार्यान्वयन गर्न माग अघि सारेका छन ।
प्रधानमन्त्री शेर बहादुर देउवा सहित वनमन्त्री लगायतका सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाउँदै बम नेतृत्वको आयोगले ल्याएको प्रतिवेदन कार्यान्वयन गर्न माग अघि सारेका हुन । आरक्षपीडितले अहिलेसम्म कुनैपनि आयोगले पीडितको हितमा नल्याएको प्रतिवेदन ३०औँ बम आयोगले ल्याएको भन्दै कार्यान्वयनको माग अघि सारेका छन । प्रधानमन्त्री वनमन्त्री सहितलाई ज्ञापन बुझाएर पीडितले पूर्नस्थापनाका लागि बम आयोगले ल्याएको ६०लाख वा १०कट्टा जमिन दिने प्रतिवेदन कार्यान्वयन गरेर पीडितको पूर्नस्थापना हुने बताएका छन । बम आयोगले कञ्चनपुरको कुकाठ बस्ती विस्तारका लागि योग्यभूमि समेत खोजिदिएको र सो जमिन दिन नसके एकमुष्ठ पीडितको खातामा ६०लाखका दरले मुआब्जा दिनुपर्ने प्रतिवेदन तयार गरेर सरकारलाई बुझाउँदा समेत सरकारले वेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरेका छन ।
प्रधानमन्त्री सहितलाई ज्ञापन बुझाएको टोलीले मंगलबार रिर्पोटर्स क्लब काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनमा आरक्षपीडितले एक साताभित्रै बम आयोगको प्रतिवेदन कार्यान्वयन नगरेर आन्दोलनको चेतावनी दिएका छन । आरक्षपीडितका अगुवा युवा हिम्मत शाहीले पीडितलाई क्षतिपूर्ति सहित ३० औँ बम आयोगले ल्याएको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको बताए । ‘हामीले जिल्ला प्रदेश हुँदै केन्द्रसम्म आन्दोलन गरेका छौँ, ‘उनले भने, ‘जहाँ पनि ३०औँ आयोगले ल्याएको प्रतिवेदन कार्यान्वयनका लागि माग गरेका छौँ ।’ शाहीले २४ सय ७३ परिवारको पूर्नस्थापना हुनुपर्ने भन्दै माग राखे । आरक्षपीडितका हितमा बोल्दै आएका काँग्रेंस युवा नेता सिरोमणी कुमार ओझा(सुर्य)ले पीडितको पूर्नस्थापनको विकल्प नभएको बताए । आरक्षपीडित संघर्ष समितिका सचिव प्रेमदत्त भट्टले दशकौँदेखि पीडितले पीडा बोक्दै आएको बताउदै उनले पूर्नस्थापनाको विकल्प नभएको बताए । एक साता भित्र माग पुरा नगरे आन्दोलनको चेतावनी दिएका छन । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष कर्ण बहादुर चन्दले राज्यले हेपाह प्रवृतिले जमिन जोत्नबाट बञ्चित भएको दुखेसो पोख्दै पूर्नस्थापना नगरे आन्दोलनको चेतावनी दिए । ०५८सालमा संकटकालको मौका छोपी शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा उतिबेला समेत प्रधानमन्त्री रहेका प्रधानमन्त्री एव काँग्रेस सभापति शेर बहादुर देउवा अहिलेपनि प्रधानमन्त्री भएकाले तपाईले नै विस्थापित गर्नुभयो, अहिले पनि हजुर नै प्रधानमन्त्री हुनुहुन्छ, पूर्नस्थापना गरिदेउ भन्दै माग अघि सारेका छन । बन्दुकको बलमा विस्थापित पीडिततको दुई दशक वितिसक्दा पनि पूर्नस्थापना नहुँदा पीडित विचल्लीमा परेका छन ।

ताजा समाचार