Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीपुर्व मन्त्री विना मगरको दादागिरीका विरूद्ध कञ्चनपुरमा छुट्टै भेला, नेतृत्वले वास्ता नगरे...

पुर्व मन्त्री विना मगरको दादागिरीका विरूद्ध कञ्चनपुरमा छुट्टै भेला, नेतृत्वले वास्ता नगरे विद्रोह गर्ने चेतावनी

कञ्चनपुर,
नेकपा माओवादी केन्द्रकि नेत्री तथा कञ्चनपुर क्षेत्र नं.१ कि सांसद विना मगरको एकलाैटी दादागिरी शैलीका बिरूद्ध कञ्चनपुरमा पूर्व सांसदसहित नेताहरूले छुट्टै भेला गरेका छन् ।

मगरले अाफ्नो गृहजिल्ला कञ्चनपुरमा पार्टी नेतृत्वको अाडमा दादागिरी शैलीमा पेलेर जान खोज्दा नेताकार्यकर्ता एकजुट हुँदै नेतृत्वको ध्यानाकर्षण गराउन लागेको जनाउदै समयमै ध्यान नपुगाए विद्रोह गर्ने चेतावनी समेत दिएका छन् ।

माओवादी केन्द्रले काठमाडौंमा महाधिवेशन गरिरहेको बेला कञ्चनपुरमा पूर्व सांसद कमल क्षेत्री, पूर्व जिल्ला अध्यक्ष खडक बस्नेत, पूर्व जिल्ला सचिव विपिन दहित, पूर्व जनमुक्ति सेनाका कमाण्डर रक्तबिज लगायतले सोमबार कञ्चनपुरको कलुवापुरमा छुट्टै भेला गरेर असन्तुष्ट नेता कार्यकर्तालाई एकजुट गरेका छन् ।

कञ्चनपुरमा बिना मगर र टेकेन्द्रप्रसाद भट्टसँग फरक मत राख्नेलाई सौतेनी व्यवहार गरिएपछि विद्रोहको तयारी गरिएको माओवादीनिकट स्रोतले जनाएको छ । पार्टी सम्मेलनमा कुनै स्थान नदिइएको, पार्टीका हरेक जिम्मेवारीबाट अलग गरिएको भनेर भेलामा सहभागी नेता कार्यकर्ताहरूको गुनासो रहेको छ ।

सोमबारको भेलामा कञ्चनपुरका ४१ जना नेता कार्यकर्ताले सहभागिता जनाएका छन् । पालिका तह र प्रदेश तहको पार्टी कमिटी निर्माणमा सिनियर नेताहरूलाई पाखा लगाइएपछि असन्तुष्ट नेता–कार्यकर्ता विद्रोहको रणनीति बनाउनतिर लागेकाे जनाइएको छ ।

ताजा समाचार