Monday, December 5, 2022
गृहपृष्ठकला साहित्यन्यु अाराधना कला मन्दिर बेलडाँडीद्वारा माघी विशेष गायन प्रतियोगिता हुने

न्यु अाराधना कला मन्दिर बेलडाँडीद्वारा माघी विशेष गायन प्रतियोगिता हुने

बेलडाँडी,
न्युअाराधना कला मन्दिर बेलडाँडीद्वारा माघीको अवसर पारेर विशेष गायन अनलाइन प्रतियोगिताको अायोजना गरेको छ ।

नयाँ प्रतिभा भएका ब्याक्तिहरूको कलाक्षमता उजागर गर्नका लागि कार्यक्रमको अायोजना गरिएको कला मन्दिरका प्रमुख भुपेन्द्र रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार कतिपय नयाँ प्रतियोगिहरू हुन्छन् तिनीहरूले अवसर नपाएका कारण पछाडि परेका हुन्छन् त्यस्ता व्याक्तिहरू लाई अगाडि ल्याउनका लागि अनलाइन मार्फत यो कार्यक्रमको अायोजना गरिएको बताए ।

यो प्रतियोगितामा अाफुमा भएको गीत भिडियो सहित ह्वाटसप नं मा पठाउनु पर्ने अायोजकले जनाएको छ । प्रतियोगितामा प्रथम लाई १० हजार,दोस्रोलाई ६ हजार र तेस्रोलाई ३ हजार पुरस्कार समेतको व्यवस्था रहेको छ भने प्रतियोगिता सहयोगी जनाउनका लागि ५ सय शुल्क लाग्ने अायोजकले जनाएको छ ।
थप जानकारीका लागि-   

ताजा समाचार