Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीसंकटकालको मौकाछोपी जनताको काँधमा बन्दुक तेस्र्यार विस्थापित गराउने नै पीडितका सामु गोहीका...

संकटकालको मौकाछोपी जनताको काँधमा बन्दुक तेस्र्यार विस्थापित गराउने नै पीडितका सामु गोहीका आँशु झार्दै’

सुरेन्द्र बम,
तत्कालीन शाही शुक्लाफाटा वन्यजन्तु आरक्षबिस्तारका नाउँमा जनयुद्धको मौका छोपी दर्जनौं गाउका हजारौं सोझासाझा जनताको घरमा हात्ती लगाइ जबर्जस्ती घरबार बिहिन बनाएर बिदेशी डलर कुम्ल्याउने नेपाली काँग्रेंस र सम्बन्धित क्षेत्रका नेता एन पि साउद ज्यु को नाटक संसारकै आठौं आश्चर्य हुन बेर छैन। कक्षा द्ध मा द्ध पटक परीक्षा दिएर द्वितीय भएका कहिल्यै छ कक्षामा भर्ना नहुने सदाँचार ज्यु दुइ दुइ पटक आफै मन्त्री हुदा र पटकपटक आफ्नो पार्टी सरकारमा जादा आफैले श्रृजनागरेको आरक्ष पिडितको समस्या भोटका लागि समाधान नगर्ने र अरुलाइ पनि गर्न नदिने , अधिकतम प्रति परिवार ज्ञ कठ्ठा जग्गा वा ज्ञण् लाख रूपैयाँ दिन्छौं भनी निर्णय गरि सिफारिस गर्ने हुतिहाराले आज आएर गरेको नाटक देखेर प्रमाणित भयो तपाई वास्तममा नाटकको पात्र मात्र होइन प्रवृत्ति नै हो।बिसौं बर्षदेखि तपाईले समाधान हुन नदिएको समस्या मेरो नेतृत्वमा गठित कार्यदलले घ महिनामै तमाम विकल्पसहित प्रति परिवार ज्ञण् कट्ठा जग्गा वा टण् लाख नगद दिनुपर्छ भनी मिति द्दण्ठडरण्घरज्ञज्ञ मा पेश गरेको प्रतिवेदन तपाई र तपाईंको मतियार मन्त्रालयको सचिव प्रेम कडेलको सेटिङमा फेरि एकपटक तपाईका लागि चुनावमा भोट बटुल्न रोकेर राखेको कुरा प्रमाणित भयो। गिर्नुपरेमा मान्छेहरू हदैसम्म गिर्दा रहेछन भन्ने गित सायद तपाईहरू जस्तै छिनछिनमा रंग बदल्ने छेपाराहरू लाई हेरेरै गाइएको रहेछ। फेरि एकपटक माटो समातेर लालपुर्जा दिने कसम खाने र आरक्षपीडित लाई जग्गा दिने नारालाउने तपाईंको योजना कदापि सफल हुनेछैन बरू राजा नाङ्गैछन भनेर देख्दादेख्दै हाम्रा राजालाई सुनका कपडा कति सुहायाछन भन्ने कथा यसपालि उल्टिनेछ।जनताले राजा नाङ्गैछन भनेर भन्न डराउने छैनन बरू नारा लगाउनेछन र लखट्नेछन।लाज भए चुनाव अगाडि कपडा लगाएर आउनुहोला।हुन त राजनितीमा जालि झेलि कपटि कै काम छ। द्वापरयुगमा महाभारतको धर्मयुद्धमा दुर्योधनले बिजयप्राप्त गर्न आफ्नी आमा गान्धारीका अगाडि नाङ्गै जादैथिए यो त कलियुग हो सदाचार ज्यु । लेखक ः शुक्लाफाँटा आयोगका अध्यक्ष तथा समाजवादीका नेता हुन ।

ताजा समाचार