कञ्चनपुर,
नेकपा माओवादी कञ्चनपुरका नेता एव महाकाली अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) सहितको टोलीले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडालाई महाकाली अस्पताल सुधारका लागि माग अघि सारेका छन । माओवादी नेता एव अस्पताल समितिका नि. अध्यक्ष जोशी नेतृत्वको माओवादी नेताहरुले आइतबार मन्त्री खतिवडालाई भेटघाट गरेर महाकाली अस्पताल सुधारका लागि माग अघि सारेका हुन । महाकाली अस्पतालमा जनशक्ति, उपकरण लगायतको आवश्यक समाग्री आपूर्ति गरिदिन माग गरेका छन ।

