Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीडा. विष्ट खुल्ला विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त

डा. विष्ट खुल्ला विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त

कञ्चनपुर,
सुदूरपश्चिम विश्वविद्यालयका पुर्व निमित्त रजिष्ट्रार तथा शिक्षा शास्त्र संस्कायका निर्वतमान डिन डा. गोबिन्द सिह विष्ट नेपाल खुला विश्वविद्यालयको रजिष्ट्रार(कुल सचिव)मा नियुक्त भएका छन ।
शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले सुप विश्वविद्यालयका सह प्राध्यापक समेत रहेका डा विष्टलाई नेपाल खुला विश्वविद्यालयको रजिष्ट्रार(कुल सचिव)मा नियुक्त गरेको हो ।
हालै मन्त्रालयले रिक्त रहेको रजिष्ट्रार(कुल सचिव)मा कञ्चनपुर निवासी डा. विष्टलाई नियुक्त गरेको छ । नेपाल खुला विश्वविद्यालयको रजिष्ट्रार(कुल सचिव)मा नियुक्त भएका डा. विष्टले आफुलाई पाईएको जिम्मेबारी व्यवसायिक तथा उच्च कुसलताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । डा. विष्ट प्राज्ञिक तथा प्रशासनिक क्षमतामा अब्बल मानिन्छन ।

ताजा समाचार