Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीरोकिएन निकुञ्जमा घाँस दाउरा गर्ने काम, घाँस दाउरा गएकाका प्रति निकुञ्जका कर्मचारीद्धारा...

रोकिएन निकुञ्जमा घाँस दाउरा गर्ने काम, घाँस दाउरा गएकाका प्रति निकुञ्जका कर्मचारीद्धारा अभद्र व्यवहार

बेलडाँडी,
शुक्लाफाँटा राष्ट्रि निकुञ्ज छेउछाउ बस्तीका नागरिकको जंगल जाने चलन घटेको छैन् । घाँस दाउराको लागि चोरेर निकुञ्जमा पस्ने महिलाहरुको संख्या अझै घटेको छैन् । सोही मौका छोपि निकुञ्जका कर्मचारीहरुद्धारा उनीहरुमाथी अभद्र व्यवहार गरिने पटक पटक खवर बाहिरिने गरेकोछ ।

आज पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बेलडाँडी रेञ्जर पोष्ट निम चौधरीको नेतृत्वमा रहेको कर्मचारीको टोलीले घाँस काट्ने जंगल पस्न लागेकी महिलाहरु छोपेर उनीहरु प्रति अभद्र व्यावहार गरेको पिडितहरुले बताएका छन् । गरिबीका कारण जंगल गएर सुकेको दाउरा हाङ्गा ल्याएर चुलो जलाउनेहरुको समस्या जति सरकार फेरिएपनि उनीहरुका समस्या फेरिएका छैनन् । लुकेर जंगल जानुपर्ने र साझ विहान चुलो बाल्न समेत समस्या भएका प्रति राज्यले कुनै मलमपट्टी गर्न सक्यो । सोही मौकामा डिउटीमा रहेका बनका कर्मचारी र बन रक्षाका निम्ति खटिएका नेपाली सेनाद्धारा कुटिने पिटिने, गाली खाने काम त सधैको भएको पिडितहरुको भनाई छ ।

शनिवार बेलडाँडी ४ बैवाहका ११ जना महिला घाँस दाउरा गर्नका लागि जंगल पसेको अवस्थामा सेना र रेञ्जरको टोलीले समातेर गाडीबाट झार्दा एक बृद्ध महिलाको खुट्टामा चोट पुगेको छ । चोट कसरी पुर्याएको भनी आफ्न्तले उनीहरुलाई सोधदा उल्टै धम्काउन आएको भन्दै आरोप लगाएर जबरजस्ती काग बनाउन लगाएको एक पिडितले बताए । हामीले आमाको खुट्टामा कसरी चोट लगाइदिनु भयो भनि सोधदा हामीलाई धम्की दियो भनेर आरोप लगाएर सेनाको बलमा जबरजस्ती कागजमा हस्ताक्षर गराएको जनाए ।

बेलडाँडी रेञ्जर पोष्टका प्रमुख निम चौधरीका अनुसरा हामीले आफ्नो कर्तब्य पुरा गरिराखेका बेला केहि युवा आएर हाम्रा स्टाफ संग अभद्र व्यावहार र गाउँ पसेपछि देखाउछु भन्ने जस्ता धम्की पुर्ण भाषा बोलेकाले हामीले हाम्रो सुरक्षाको निम्ति कागज बनाएका हौ उहाँले भने ।

ताजा समाचार