Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी महिला साना किसान कृषि सहकारीको बार्षिक साधारण सभा किसानलाई आत्मनिर्भर बनाउने...

बेलडाँडी महिला साना किसान कृषि सहकारीको बार्षिक साधारण सभा किसानलाई आत्मनिर्भर बनाउने भावि योजना पारित

कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार एक कार्यक्रमका विच बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको ५औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
बार्षिक साधारण सभाको बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापाले उद्घाटन गर्दै ग्रामिण भेगका महिला सम्मिलित सहकारीले महिलाको आर्थिक विकास, सीप एव उन्नतीका लागि थुप्रै काम गरेको प्रसंसा गरे । गाँउ प्रमुख थापाले सहकारीलाई पालिकाबाट सक्दो सहयोग गरिने बताए ।
बिशिष्ठ अथिति समेत रहेका गाँउपालिका उप प्रमुख कमला कार्कीले सहकारीले महिलाको आर्थिक विकासमा थुप्रै काम गरेको भन्दै प्रसंसा व्यक्त गरिन् । कार्यक्रममा गाँउपालिका १का वडाध्यक्ष अम्मर खत्री, २का प्रेम खाती, ३का दुर्गा प्रशाद चौधरीले समेत शुभकामना दिदै सहकारीले महिलाका क्षेत्रमा गरेका कामले महिला आर्थिक गतिबिधीमा संलग्न भएको बताएका थिए ।
सुदूरपश्चिम कृषि सहकारी संस्थाका अध्यक्ष धर्मसिह कुँवरले सहकारीले क्रान्तिकारी परिर्वतन ल्याएको भन्दै सहकारी नेतृत्वप्रति आभार प्रकट गरेर महिला पदाधिकारी र कर्मचारीले उदाहरणीय काम गरेको भन्दै अध्यक्ष कुँवरले आर्थिक विकास, सम्मुनत समाज र समानताका लागि आर्थिक क्षेत्रमा महिलाको सकृय सहभागितामा जोडदिए ।
कार्यक्रममा सहकारीका प्रबन्धक विमला कुमारी बडुवाले गत आर्थिक बर्ष २०७७÷०७८ र चालु आर्थिक बर्ष २०७८÷०७९को बजेट, कार्यक्रम लक्ष्य बारे कार्यपत्र प्रस्तुत गरिन । प्रबन्धक बडूवालको कार्यपत्रमा साधारण जगेडा कोषमा २५ र शेयर कित्ताको आधारमा प्रति कित्ता ७ प्रतिशत लाभांस वितरण गरिनेछ । लेखा समिति संयोजक प्रेमा कुमार बडूवालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले पारदर्शी समानता ढङगबाट आर्थिक गतिबिधी गरिरहेको बताए । कार्यक्रमका सहकारीका अध्यक्ष कमल रेग्मी(जोशी)ले समेत १५ बुँदे प्रस्ताव पेश गरेकी छिन । अध्यक्ष कमलाले प्रस्तुत गरेको प्रतिवेदनमा नीति, कार्यक्रम, ऋण सीमा, शेयर लाभान्स तथा सदस्यकोष वितरण, सहकारीको अधुरो भवन निर्माण, मलखाद वितरण, कोष बाँडफाँड लगायतका प्रस्ताव पारित गरिएका छन । २१ बुँदे भावि कार्यक्रम अनुमोदन गरिएका छन । किसानलाई कृषि पेशामा व्यवसायिक एव आत्मनिर्भर गराउने कार्यक्रम पारित गरिएका छन ।
युवा स्वरोजगारमुखी कार्यक्रम, पशुधन तालिम, कृषि उत्पादनमुखी कार्यक्रम किसानलाई आकर्षित कर्जा, सामुहित स्वरोजगार कार्यक्रम, समुहको बृद्धि विकास, आर्थिक समाजिक रुपमा पछाडी पारिएका दलित, आदिवासी, जनजाति, मुक्त कमैया, सिमान्तकृत, अपाङ्गता, कुष्ठरोगीमा सहकारीमा आबद्ध, कृषिको बजारीकरण लगायतका आकर्षणमुखी कार्यक्रम संचालित हुनेछन । कार्यक्रममा सहकारकर्मी, जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार