Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीपुर्वराज्यमन्त्री रावलको विशेष पहलमा भीमदत्त नगरको युवा बर्ष माविमा भवन निर्माण हुने

पुर्वराज्यमन्त्री रावलको विशेष पहलमा भीमदत्त नगरको युवा बर्ष माविमा भवन निर्माण हुने

कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशका पुर्वराज्यमन्त्री एव प्रदेश सभा सदस्य प्रकास रावलको विशेष पहलमा कञ्चनपुरको भीमदत्त नगरपालिका १० तिलकेनी स्थित युवा बर्ष माविमा पक्की भवन निर्माण हुने भएको छ ।
पुर्वमन्त्री रावलका स्वकीय सचिव ईन्द्रसिह ठगुन्नाले बिहीबार एक कार्यक्रमका विच नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका पुर्वराज्यमन्त्री एव प्रदेश सभा सदस्य रावले दुई कोठे विद्यालय पक्की भवनको शिलान्यास गरेको बताए । ‘विद्यालयमा भवन अभाव भएको विषय बारे मन्त्री ज्यूलाई अभिभावक र विद्यालयबाट माग भए बमोजिम भवनका लागि प्रदेश सरकारबाट बजेट हालिएको हो, ‘उनले भने, ‘आज शिलान्यास गरिएको छ ।’ भवन शिलान्यास गर्दै पुर्वमन्त्री रावलले आफ्नो तर्फबाट क्षेत्रको विकासमा लागि पहल गर्ने बताएको उनका स्वकीय सचिव ठगुन्नाले बताए ।
१८ लाख लागतमा भवन निर्माण भएसंगै विद्यालयमा पठन पाठन सहज हुने विद्यालयले जनाएको छ ।

ताजा समाचार