Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीसुप विश्वविद्यालय बनाउने भन्दा लुट्ने काम भएको भन्दै क्रान्तिकारीद्वारा उपकुलपतिलाई ज्ञापन पत्र

सुप विश्वविद्यालय बनाउने भन्दा लुट्ने काम भएको भन्दै क्रान्तिकारीद्वारा उपकुलपतिलाई ज्ञापन पत्र

कञ्चनपुर,
सूदूरपश्चिम विश्वविद्यालयको ९ औँ सभाले गरेका विवादास्पद शंकास्पद निर्णय बिरुद्धमा शिक्षक कर्मचारीको आन्दोलनलाई मत्थर पार्नका लागि विश्वविद्यालय नेतृत्वले पद वितरण गरेर विश्वविद्यालय धरासायी बनाउन खोजिएको भन्दै फेरी अखिल क्रान्तिकारी विद्यार्थी संगठन आन्दोलित भएको छ ।
अखिल क्रान्तिकारीले नेतृत्वले सुप विश्वविद्यालय बनाउने भन्दा लुटन आफन्त पोस्ने, सुख सुविधा एव राजनीतिक आधारमा प्राध्यापक काखी च्याप्ने काम गरेको भन्दै बिहीबार उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ ।
कार्यालयमा उपकुपति डा. अम्मराज जोशी नभेटिएपछि क्रान्तिकारीले विश्वविद्यालय सहायक प्रशासक सन्तोष विष्टलाई ज्ञापन पत्र बुझाएका छन । अखिल क्रान्तिकारी सुप विश्वविद्यालय राष्ट्रिय अध्यक्ष गणेशराज मिश्रले विश्वविद्यालय बनाउने भन्दा सक्न, लुटन आफ्नो निजी स्वार्थपूर्तिका लागि उपकुलपतिले पद वितरण गरेर विद्यार्थीको टाउकोमा आर्थिक भार थमाएको आरोप लगाए ।
सुप विश्वविद्यालय सभा गरेका निर्णय सार्वजनिक नगरेपछि विद्यार्थी संघ संगठन एव आम नागरिक सरोकारवालाले अपादर्शी काम भएकाले निर्णय सार्वजनिक नगरिएको अथ्र्याएका छन ।
क्रान्तिकारीले विश्वविद्यालय बिरोधी र धरासायी बनाउने निर्णय खारेजी गर्नका लागि तीन दिने अल्टिमेटम दिएर आन्दोलनको चेतावनी दिएका छन । क्रान्तिकारीले दलिय भागबण्डामा आएको नेतृत्वले विश्वविद्यालय भन्दा पार्टीको कट्टर ईमान्दार कार्यकर्ता भएर मतियारको भूमिका निर्वाह गरेको भन्दै नेतृत्वको आलोचना गरेकोछ । 

ताजा समाचार