Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबाढीबाट क्षतिग्रस्त क्षेत्रको पूर्ननिर्माणका लागि मन्त्रीलाई ज्ञापन

बाढीबाट क्षतिग्रस्त क्षेत्रको पूर्ननिर्माणका लागि मन्त्रीलाई ज्ञापन

कञ्चनपुर,
नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेताहरुले बाढीबाट क्षतिग्रस्त क्षेत्रको पूर्ननिर्माणको माग अघि सारेका छन । माओवादी केन्द्रका नेता एव सुप प्रदेश भूमि व्यवस्था सहकारी एव कृषिराज्यमन्त्री मान बहादुर सुनार, महाकाली अस्पतालका निर्वतमान अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर), माओवादी केन्द्र भीमदत्त नगरका उपाध्यक्ष पूर्णानन्द जोशी, भीनपा ९का वडाध्यक्ष भानुभक्त जोशी सहितको टीमले कञ्चनपुरको वाढिग्रस्थ क्षेत्रको पूर्ननिर्माण किसानलाई क्षतिपूर्ति, तटबन्ध निर्माण, किसानको धान खरिद नगर्ने समस्या समाधान ब्रम्हदेब–खल्लामछेट्टी क्षेत्रको सडक पूर्ननिर्माणको माग अघि सारेर संघीय मन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ । माओवादी केन्द्र कञ्चनपुरका नेता एव महाकाली अस्पतालका निर्वतमान अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले कञ्चनपुरका विवित समस्या समाधानका लागि भौतिक पूर्वाधारमन्त्री रेनु यादव, भूमि व्यवस्था सहकारी एव गरिबी निवारणमन्त्री शशी श्रेष्ठ, शहरी विकासमन्त्री राम कुमारी झाँकी्रसग भेटघाट गरेर ज्ञापन पत्र बुझाउनुका साथै किसानमा समस्या समाधान, वाढीले क्षतिग्रस्त क्षेत्रको पूर्ननिर्माण, अधुरा योजना सम्पन्न गर्नका लागि माग गरेको बताए । ज्ञापन पत्र बुझ्दै मन्त्रीत्रय यादव, श्रेष्ठ र झाँकी्रले कञ्चनपुरको समस्याप्रति जानकार रहेकाले समाधानका लागि सम्बन्धीत निकायबाट पहल गरिने बताएका थिए । 

ताजा समाचार