Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीमहाकाली जनसेवा माविको अध्यक्षमा विष्ट

महाकाली जनसेवा माविको अध्यक्षमा विष्ट

कञ्चनपुर,
कञ्चनपुरको महाकाली जनसेवा उच्च मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा महेश विष्ट चयन भएका छन । अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विष्ट चयन भएका हुन ।
रोचक विषय त के छ, भने विद्यालय व्यवस्थापन समितिमा चयन भएका अध्यक्ष विष्ट सोही विद्यालयमा बाल्यकालदेखि अध्ययन गरेका थिए । विष्टले महाकाली जनसेवा माविबाट कखरा सिकेका थिए । उनले ०५८ सालदेखि ०६४ सालसम्म सोही विद्यालयमा अध्ययन गरेका थिए । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका विष्ट नेकपा एमाले निकट युवा संघ कञ्चनपुरका प्रभावशाली युवा नेता हुन । समाजसेविका साथै आफ्नो गाँउ ठाँउको विकासका साथै राजनीतिमा सकृय विष्टलाई अब थप जिम्मेबारी पाईएको छ । आफ्नै अध्ययन गरेको विद्यालयमा विष्टलाई अभिभावकको जिम्मेबारी पाईएसंगै विद्यालयको बृद्धि विकासका लागि काम गर्ने उनको प्रण थियो । आफु अध्ययन गरेका बेला भौतिक संरचना लगायत जनशक्तिको अभाव भएको बताउदै उनले अब विद्यालयको चौतर्फि विकासका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन । आफ्ैले अध्ययन गरेको विद्यालयमा अध्ययन हुन पाएकोमा विष्टले सौभाग्य बताएका छन । ‘यो मेरो लागि सौभाग्य र थप जिम्मेबारी हो, ‘अध्यक्ष विष्टले भने, ‘पाएको जिम्मेबारीको भरपुर्ण सदुपयोग गर्दै गाँउको सामुदायिक विद्यालयको विकास गर्छु ।’ संगै कक्षामा बसेर अध्ययन गरेका विष्टका सहपाठीले उनी विद्यालय व्यवस्थापन समितिको अध्ययनमा चयन भएसंगै बधाई तथा शुभकामना दिईरहेका छन ।

ताजा समाचार