Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेदकोटका बाल विकासका शिक्षकद्वारा नगर प्रमुख चन्दलाई सम्मान

बेदकोटका बाल विकासका शिक्षकद्वारा नगर प्रमुख चन्दलाई सम्मान

कञ्चनपुर, । कञ्चनपुरको बेदकोट नगरका बाल विकासका शिक्षकले नगर प्रमुख अशोक चन्दलाई सम्मान गरेका छन । संघ सरकारले न्यूनतम तोके अनुरुप तलब दिएको भन्दै निम्त स्तरका कर्मचारीलाई समेत समान व्यवहार गरेको भन्दै एक कार्यक्रमका विच बाल विकासका शिक्षकले नगर प्रमुख चन्दलाई सम्मान गरेका हुन ।

 

चालु आर्थिक बर्षमा तत्त्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले सामुदायिक विद्यालयमा कार्यरत निम्न स्तरका बाल विकासका शिक्षक, विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि गरेपनि कतिपय पालिकाले संघ सरकारले निर्णय पालना गरेपनि केही पालिकाले घर, पार्टी र आफ्नै गल्तीबाट दिनुपर्ने जस्तो व्यवहार गरेपनि बेदकोट नगरपालिकाबाट समयमै संघ सरकारले तोकेको पारिश्रमिक उपलब्ध गराएको र वास्तविक अभिभावकत्व ग्रहण गरेको भन्दै बाल विकासका शिक्षकले नगर प्रमुख चन्दप्रति आभार प्रकट गर्दै सम्मान गरेको बताएका छन । वास्तविक निम्न स्तरका कर्मचारीको पीडा बुझ्ने कम्यूनिष्ट जनमुखी नेता भन्दै बाल विकासका शिक्षिकाले नगर प्रमुख चन्दको अविस्मिरणी हुने बताएका छन ।

ताजा समाचार