Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीकृष्णपुरको बिरेन्द्र सामुदायिक वनको साधारण सभा वन संरक्षण एव सम्र्बद्धन र दिगो...

कृष्णपुरको बिरेन्द्र सामुदायिक वनको साधारण सभा वन संरक्षण एव सम्र्बद्धन र दिगो विकासका कार्यक्रम घोषणा

पुष्कर भट्ट,
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको एक सामुदायिक वनको साधारण सभा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका ८रैकवार विचुवाको बिरेन्द्र सामुदायिक वनको तेस्रो साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको एक कार्यक्तका विच सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन तथा वन तथा वातावरण मन्त्री मान बहादुर धामी(सन्तोष)ले उद्घाटन गर्दै सामुदायिक वनको बृद्धि विकासका लागि प्रदेश मन्त्रालयबाट सक्दो सहयोग गर्ने आवश्वासन दिनुभयो । मन्त्री धामीले प्रदेश सरकारले वन ऐन ल्याउन लागेको बताउदै सामुदायिक वनको दिगो विकास र उपभोक्ता, वातावरणमुखी कार्यक्रम ल्याईने बताए । बिशिष्ठ अथिति रहेका डिभिजन वन अधिकृत शम्भु प्रसाद तिवारीले कार्यालयबाट सामुदायिक वनको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जोहर गरे । सव डिभिजन वन कार्यालय पिपरैयाका प्रमुख नविन सिह, सामुदायिक वन समन्वय समितिका सह सचिव पुनाराम चौधरी, ८नम्बरका वडाध्यक्ष अमरसिह बडायकले सामुदायिक वनको बृद्धि विकासका लागि आ–आफ्नो तर्फबाट सहयोग गर्ने बचन दिएका छन । बिरेन्द्र सामुदायिक वनका अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले साधारण सभाबाट वन संरक्षण एव सम्र्बद्धन र दिगो विकासका कार्यक्रम घोषणा गरेका छन । अध्यक्ष अवस्थीले एकातिर वन संरक्षणका साथै अर्कातिर उपभोक्तालाई सेवा सुविधा दिईने बताए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता वनका कर्मचारी, सामुदायिक वनकर्मी, पदाधिकारी, स्थानीय, उपभोक्ता जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार