Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीआफ्नो क्षेत्र विकासको निम्ति कांग्रेस नेता धामीको दौंडधुप

आफ्नो क्षेत्र विकासको निम्ति कांग्रेस नेता धामीको दौंडधुप

बेलडाँडी,
नेपाली कांग्रेसको १४औं माहाधिवेशन सम्पन्न लगत्तै नेपाली कांग्रेस बेलडाँडीका युवा नेता तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि जनक सिह धामी यति बेला आफ्नो क्षेत्र विकासका निम्ति दौडधुपमा रहेका छन् ।

महाधिवेशनको क्रममा राजधानी पुगेका धामी खालि खात के फर्कनु भन्दै आफ्नो क्षेत्र विकासको निम्ति कहिले मन्त्रालयहरु त, कहिले सेवा विभाग तिर, कहिलै आफ्नो क्षेत्र विकासमा लागेका निर्माण कम्पनिका ठेकेदारलाई भेटेर आफ्नो क्षेत्र विकास गरिदिन माग गर्दै दौडधुममा लागेका छन् ।

महाधिवेशनमा भोट हाल्न पुगेका उनी आफ्नो क्षेत्रका समस्याहरु समेतलाई लगेर सम्वन्धित ठाउँमा पुर्याउने उद्देश्यले गएका धामी यति बेला विभिन्न मन्त्रालय, स्वास्थ्य शाखा विभाग, हुलाकी सडक खण्डका ठेकेदार भीम साउद लगायतलाई भेटेर समस्यामा ध्यानाक्रर्षण गराउन लागेको छन् ।

बेलडाँडीका चौधर, झरना खोलाको समस्या, आरक्षपिडितका समस्या, आरक्षका जंगली जनावारबाट हुने समस्या, बेलडाँडीमा रहेको सयौंविघा सिमसारको समस्या, स्वास्थ्यका समस्या, बेलडाँडीका जनताले दैजी बेलडाँडी सडकमा भोग्नु परेका समस्या, लगायतका विषयमा सम्वन्धित ठाउँमा पुर्याएर सम्वोधन गराउने अभियानमा लागेको नेता धामीले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो ।

उहाँका अनुसार जनताको समस्यालाई कसरी समाधान गर्न सकिन्छ र आफ्नो क्षेत्र कसरी समृद्ध बनाउ सकिन्छ भन्ने उद्देश्यले राजनितिमा लागेको जनाए । पैसा कमाउने भए त ब्यापारमा लागे हुने थियो । आफु सामाजिक तथा राजनितिमा लागे देखि जनताको पक्षमा काम गर्दै आएको बताए । पैसा कमाउने मात्र सोच भए त आफुले खाइ आएको शिक्षको जागिर छोड्दैन थिए । समाज भित्रका विकृतिहरुलाई अन्त्य गर्न राजनितिमा लागेको हुँ वहाँले भने । धेरै साथीहरुलाई जागिर पनि जोगाउनु पर्ने र राजनिति पनि गर्नु पर्ने समस्या देखिएको छ त्यो सबै पार्टीले मुल्याकंन गर्ने र पार्टीले व्यवस्थापन गर्ने कुरा रहेको जनाए ।

ताजा समाचार