Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीएनएमबि बैंक बेलडाँडी शाखाद्धारा वितिय साक्षरता कार्यक्रम

एनएमबि बैंक बेलडाँडी शाखाद्धारा वितिय साक्षरता कार्यक्रम

बेलडाँडी-एनएमवि बैंक बेलडाँडी शाखाले क्याम्पसका बिद्यार्थी, शिक्षकहरुलाई वैकिङ्ग सेवामा सहज र प्रभावकारी बनाउन वित्तिय साक्षरता कार्यक्रम गरेको छ । आज रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुलाई बैंकले प्रदान गर्ने सेवा सुविधा तथा भिडियो के वाइ सी बाट एआइको प्रयोग गरेर घर बसेर भिडियो कल मार्फत बैंक खाता खोल्न सकिने लगायतका विषयमा जानकारी गराईएको एनएमबि बैंक बेलडाँडी शाखा प्रमुख चेतन जोशीले जानकारी गराउनु भयो ।

कार्यक्रममा एनएमबि बैकंले शाखाबाट दिई रहेकोे सेवा सुबिधा लगाएत एनएमबी बैंकले सामाजिक उत्तरदायित्वलाई मुलधारमा राखी कार्य गर्दै आईरहेको जाउदै हरेक वार्डमा बित्तिय साक्षरता कार्यक्रम बारे जानकारी होस भन्ने उदेश्यले विद्यार्थीहरु माझ कार्यक्रम गरिएको प्रमुख जोशीले बताए । यस बैंकको हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू रहेका छन् ।

ताजा समाचार