Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीकैलालीमा घाँटी रेटिएका युवकको घटनापछिको रेकर्ड बाहिरियो

कैलालीमा घाँटी रेटिएका युवकको घटनापछिको रेकर्ड बाहिरियो

धनगढी – घाँटी रेटिएको अवस्थामा फेला परेका कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको हत्यापछिको फोन रेकर्ड बाहिरिएको छ ।

हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दासको विभत्स ढंगले हत्या गरिएको छ । उनलाई सुरुमा रुखमा बाँधेर नग्न बनाइएको र त्यसपछि घाँटी रेटेर टाउको अलग बनाइएको प्रहरीले जनाएको छ ।

घटनाको छानविनका लागी कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगिसकेको छ ।

ताजा समाचार