Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीसिद्ध बैजनाथ सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न, छ महिना...

सिद्ध बैजनाथ सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न, छ महिना मै घाटामा रहेको संस्थालाई युवा नेतृत्वले मुनाफामा पुर्‍याए

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिमामा रहेको श्री सिद्ध बैजनाथ बहुउद्देश्यीय सहकारी संस्थाको सनिवार १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बेलडाँडी गाउँपालिका वडा नं.२ चवन्नी वजारमा रहेको उक्त बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो प्रगति प्रतिवेदन र भाबी कार्य योजना सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरेको संस्थाका उपाध्ययक्ष प्रकाश मालीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार विभिन्न कारण देखाई थला परेको संस्थामा नयाँ युवा नेतृत्व टिम आए पछि घाटामा गएको संस्थालाई ६ महिना मै मुनाफामा ल्याउन सफल टिमले संस्थालाई बचाएर राख्ने निर्वतमान अध्यक्ष मदन बहादुर चन्द लगायतका ब्याक्तिहरुलाई सम्मान समेत गरेको छ ।

.कार्यक्रमका शुभकामना मनतब्य राख्दै सरस्वती जनता मा.वि. बैवाहका प्रधानाध्यापक नन्दबीर रोकायाले भने युवा शक्ती जोडिएको र प्रविधीको सही सदुपयोग गरेर अगाडी बढेको प्रति खुसी व्यक्त गर्दै यसमा भएको सबैले खटिएर नियमित क्रियाशिल भई चोखो भावले काम गरे संस्थाको प्रगति हुने बताए । उनले भने यस संस्थाले युवा, कृषि, ब्यापारीलाई जोडेर अघि बढे संस्था संगै सबैको भलो हुने बताए ।

यस्तै निर्वतमान संस्थापक अध्यक्ष मदन बहादुर चन्दका अनुसार यो संस्था २०५४ सालमा स्थापना भएको कर्मचारी नभएको र साथीहरुको सहयोग नभएका कारण बन्द हुन पुगेको स्वीकार गर्दै अव युवाहरुले यसलाई सही ढंगले अगाढी बढाउनु पर्नेमा जोड दिदै आफुले समेत यस संस्थाको पक्षमा काम गरिरहने बताए ।

यस्तै स्वागत मनतब्य राख्दै संस्थापक सदस्य लक्ष्मी दत्त जोशीका अनुसार यो संस्सा जन्मिने बेला उल्लासका साथ जन्मेको तर पछि सबै आ आफ्नो कार्य व्यस्तताका कारण यो संस्था थला परेको जनाए । अव युवाहरुले नयाँ जोसजागरका साथ यो संस्थालाई उठाई ६ महिनाकै प्रगति प्रतिवेदनले मुनाफामा हिडालेको देख्दा खुसी लागेको बताए ।

संस्थाका प्रवन्ध निर्देशक सरद चन्दले संस्थाको आय व्यय, प्रगति प्रतिवेदन र भावी योजना प्रस्तुत गर्दै भने ४७ जना पुराना सेयर सदस्य रहेको यो संस्थामा हाल २०८ जना पुर्याएको बताए । १ करोड भन्दा माथी सेयर, मासिक, दैनिक लगायतका विभिन्न बचत, रेमिट्रान्स सेवा, अनलाई विल लगायतको काम गर्दै आएको जनाए । उहाँका अनुसार निति तथा कार्यक्रम सेयर पुजी लागत, दुग्ध संकलन सेन्टर, गरिब तथा जेहेन्दारलाई छात्रबृद्धि, शाखा सेवा केन्द्र विस्तार,कोल्ड स्टोर, लघुवित्त कार्यक्रम जस्ता कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको जनाए ।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलडाँडी गाउँपालिका वडा नं.२ का अध्यक्ष प्रेमराज खातीले भने “हामीले बेलडाँडीमा रहेका सबै सहकारीहरुलाई जमिन उपलब्ध गराउन नसकेको प्रति दुःख व्यक्त गर्दै कहि कतै जमिन भए आफुले के सहयोग गर्न पर्छ आफु लागि पर्ने बताए ।” युवा जमातको यो टिमको कार्य देख्दा अति राम्रो लागेको बताउदै संस्थाको प्रगतिको कामना व्यक्त गर्नु भयो ।
कार्यक्रका सभाध्यक्ष क्षतिज भट्टले भने सबैको साथ सहयोगले यो संस्थालाई नयाँ रुप दिन लागेको बताए ।
कार्यक्रमको संचालन संस्थाका सचिव सचिन कठायतले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी, संस्थाका प्रतिनिधी, सेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार