Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा आइतवार देखि मतदाता नामावली संकलन गरिने

बेलडाँडीमा आइतवार देखि मतदाता नामावली संकलन गरिने

बेलडाँडी,
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरद्धारा बेलडाँडी गाउँपालिकामा आइतवार ४ गते देखि पुष १८ गते सम्म मतदाता नामावली संकलन गरिने जनाएको छ । उक्त सूचनालाई आधार मानि बेलडाँडी गाउँपालिका स्थानीय सहयोग,समन्वय तथा प्रचार प्रसार समितिको निर्णयनुसार बेलडाँडीको बिभिन्न वडाहरुका लागि सहज होस् भन्ने उद्देश्यले तालिका तयार गरेको बेलडाँडी गाउँपालिका अध्यक्षका सल्लाहकार कृष्ण कुमार रोकायाले जानकारी गराउनु भयो ।

२०७८ पुष ४ र ५ गते वडा नं.१ का लागि, पुष ६,७ र ८ गते वडा नं.२ का लागि, पुष ९र १० गते वडा नं.३ का लागि, पुष ११र १२ गते वडा नं.४ का लागि, १३र १४ गते वडा नं.५ का लागि र १५देखि १८ गते सम्म छुटेकहरुको नामावली संकलन दर्ता गरिने सूचनामा उल्लेख गरिएको छ । सबै वडाको मतदाता नामावली दर्ता बेलडाँडी गाउँपालिकाको कार्यालयमा हुने जनाइएको छ । मदतादा नामावली दर्ता गर्दा निम्न कागजातहरु साथमा ल्याउनु पर्नेछ । नेपाली नागरिकताको सक्कलप्रति र स्वयम व्याक्ति उपस्थित हुनुपर्ने, विवाह भई आएको हकमा विवाह दर्ताको प्रतिलिपि, बसाईसरी आएको हकमा बसाईसराई प्रमाणको प्रतिलिपि ल्याउनु पर्ने जनाइएको छ ।

ताजा समाचार