Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीका हात्ती पिडितलाई लक्ष्मी समूहद्धारा केहिदिन खानका लागि राहत सहयोग

बेलडाँडीका हात्ती पिडितलाई लक्ष्मी समूहद्धारा केहिदिन खानका लागि राहत सहयोग

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीमा पछिल्लो समयमा हात्तीले वितण्ड मचाए पछि दैनिकी छाकटार्न गारो भएको हात्ती पिडित परिवारलाई लक्ष्मी समूहद्धारा खाद्यन्य उपलब्ध गराएको छ ।
जंगली हात्तीको बथानले बस्ने घर भत्काउनुका साथै बर्ष भरी खानको लागि भण्डारण गरेर राखेको अन्नबाली नाश गरिदिएपछि उक्त परिवारलाई केहि राहत पुगोस् भन्ने उदेश्यका साथ सहयोग गरिएको कञ्चन सामुदायिक विकास केन्द्रकी अध्यक्ष सरिता कुमारी रोकायो बोगटीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार यति बेला हात्ती बाट पिडित बनेका ति परिवारलाई हामीले मानवताको हिसावले तत्तकाल राहत स्वरुप चामल उपलब्ध गाराएको बताए । उनको भण्डारण गरेर राखेको धान,गहुँ,तोरी लगायत १०,१२ क्वीन्टल अन्न घर फोडेर खाइ नाश गरिदिएको हुनाले कञ्चन सामुदायिक विकास केन्द्र अन्तरगतको लक्ष्मी समूहले राहत संकलन गरि केहि छाक जोहो गर्न खोजेको बताए । यसमा यस्ता पिडितलाई तत्तकाल स्थानीय सरकार, प्रदेश केन्द्र सरकारले सहयोग गर्नुपर्ने जनाए ।

बर्ष भरी खानको लागि भण्डारण गरेर राखेको अन्न खाइदिदा बेलडाँडी २ कालिका टोलका राम बहादुर बोगटीको परिवार विचल्लीमा परेकाछन् । पिडित बोगटीका अनुसार आज भोली पनि खान खानको लागि अभाव भएको भन्दै स्थानीय सरकारलाई समेत गुहार मागेको बताए ।

बन कार्यालयले समेत तत्काल राहतको व्यवस्था गर्ने भने पनि आज सम्म केहि व्यवस्था नभएको पिडितको भनाइ छ ।

ताजा समाचार