कञ्चनपुर,
सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी उपशाखा कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख पुष्कर भट्टले आफ्नो जन्म दिनको अवसर पारेर विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग गरेका छन ।
आइतबार भीमदत्त नगरपालिका क्षेत्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरथ विपन्न समुदायका विद्यार्थीलाई सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी उपशाखा कार्यालय महेन्द्रनगरका प्रमुख भट्टले शैक्षिक समाग्री सहयोग गरेका हुन । कापी कमलका साथै फलफुल वितरण गरेका छन ।
भट्टको २३ औँ जन्मदिनको अवसर पारेर विपन्न समुदायको अध्ययनमा सहजताका लागि शैक्षिक समाग्री दिएका छन । उनले शिक्षा मानिसको जिवनको महत्वपूर्ण आधार भएकाले जन्मदिवसको अवसर पारेर विपन्न समुदायका विद्यार्थीलाई शिक्षा हासिल गर्न उत्प्रेरित गर्ने उदेश्यले सक्दो सहयोग गरेको बताए ।
उच्च शिक्षा अध्ययन गरिरहेका सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी उपशाखा कार्यालय महेन्द्रनगर कार्यालय प्रमुख भट्टले विपन्न समुदायका विद्यार्थीको उत्प्रेरणाका लागि शैक्षिक समाग्री दिएको हुन । भट्टले शैक्षिक समाग्री दिएपछि विपन्न समुदायका विद्यार्थी हर्षित भएका छन ।

