Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीआरक्षपीडित शिबिरमा हात्तीको वितण्डा एक युवकको मृत्यु, दर्जनौँ टहरा भत्कायो

आरक्षपीडित शिबिरमा हात्तीको वितण्डा एक युवकको मृत्यु, दर्जनौँ टहरा भत्कायो

कञ्चनपुर,
कञ्चननपुरमा जंगली हात्तीको आतङ्क वितण्डा रोकिएको छैन । हात्तीले बथानले कतै मानविय त । कतै भौतिक अन्नबाली घर टहरा भत्काउँदै मानव बस्ती माथि दैनिक चुनौती थपिरहेको छ ।
गत कार्तिक पहिलो साता जगली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा एक कार्की दाम्पत्तीमाथि आक्र्रमण गरेर मारेको दुई महिना नवित्दै फेरी कञ्चनपुरमा जंगली हात्तीको आक्र्रमणमा परि एक मनिसको मृत्यु भएको छ ।
लालझाडी गाँउपालिका ६ चाँन्देव ढक्का आरक्षपीडित शिबिरमा जंगली हात्तीको बथानले गयराती आतङ्क मच्चाएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले बथानले चाँन्देव ढक्का शिबिरमा आतङ्क मच्चाउँदा एक युवकको मृत्यु हुनुका साथै दर्जनौँ घर टहरा भत्काएको छ ।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले मध्यरातमा आएका हात्तीको बथान समुहले बस्तीमा आक्र्रमण गरेर ४५ बर्षिया खगिराज रानाको मृत्यु भएको बताए । रानाको घरमा क्षति पु¥याउनुका साथै उनीमाथि भौतिक आक्र्रमण गरेको अध्यक्ष भण्डारीले बताए । राना सहित अन्य दर्जनौँ घर टहरा भत्काईएका छन । उनीहरुको विचल्ली भएको छ ।
‘निकुञ्जबाट आएको हात्तीको बथानले रानाको घर भत्काएर उनीमाथि आक्र्रमण गरेर घाईते बनायो, ‘अध्यक्ष भण्डारीले भने, ‘घाईते रानाको उपचारका लागि एम्बुलेन्स खोजेर धनगढी सेती अस्पतालमा पठाए, उतै मृत्यु भयो, अब अहिले शिबिरमै ल्याएका छौँ ।’
बस्तीमा उज्यालो नभएकाले हात्ती गाँउ पसेको थाहा नहुँदा रानाको मृत्यु भएको बताए । ‘हाम्रो अझैझम्म पनि पूर्नस्थापना गरेको छैन, ‘उनले भने, ‘यस्तै शिबिरमै बसेका छौँ ।’
जंगलबाट हात्ती भगाउनका लागि झरेपरेका दाउरा ल्याउँदा समेत नेपाली सेनाले रोकेर दिउँसै जलाउने गरेको बताए । ‘यो निकुञ्जबाट झरेपरेका कुहिएका दाउरा ल्याउँदा समेत सेनाले माथि निकुञ्जको आदेश भन्दै खोसेर दिउँसै जलाईदिन्छ, ‘उनले भने, ‘यसो दाउरा भएको भए आगो बालेरै समेत हात्ती भगाउन सहज हुन्थ्यो, त्यो पनि रहेन ।’
अर्का आरक्षपीडितका अगुवा गोबिन्द नेपालीले सरकारलाई जनता भन्दा जनावर प्यारा भएकै कारण नागरिकले हरेक बर्ष ज्यान गुमाउनु परेको बताए । ‘बस्तीमा सरकारले विजुली समेत दिएको छैन, ‘उनले भने, ‘हामीमाथि अमानविय व्यवहार भयो, न बिजुली न कुहिएको दाउरा अध्याँरामा बस्ती पसेका हात्तीसंग मुडभेटमा एक आरक्षपीडितले ज्यान गुमाए, अझै कतिले ज्यान गुमाउने हुन थाहा छैन ।’ हरेक बर्ष खेतीपातीका बेला जंगली हात्तीले शिबिरमा क्षति पु¥याउँदा समेत सरकारी निकायबाट चासो नदिएको बरु उल्टै राष्ट्रको सेवक नेपाली सेना मार्फत पीडितमाथि झन पीडा थप्ने काम गराएको बताए । हात्तीले शिबिरमा मानिसको ज्यान लिएसंगै घर टहरा भत्काएपछि स्थानीयमा त्रास फैलिएको छ । पीडितले पूर्नस्थापना नहुुँदा आफुहरु जंगली जनावरको शिकार हुन लागेको भन्दै पीडितले सरकारसंग यथाशिघ्र पूर्नस्थापनाको माग अघि सारेका छन । हालकै प्रधानमन्त्री शेर बहादुर देउवा ०५८ सालमा पनि प्रधानमन्त्री हुँदा उनकै पालामा विस्थापित पीडितको अझैसम्म पनि पूर्नस्थापना भएको छैन । देउवा पाँच पटक प्रधानमन्त्री भए तर, पीडितको भने पूर्नस्थापना त परै जावस समान्य मानव अधिकारबाट समेत सुरक्षित छैनन ।
पीडितले ज्यान जोगाउनका लागि उज्यालो र हात्ती नियन्त्रण नहुँदासम्म शव नबुझ्ने चेतावनी दिएका छन । बस्तीको चारैतिर उज्यालोका साथै वनबाट कुहिएको काम नलाग्ने दाउरा नदिदासम्म शव नबुझ्ने अडान लिएका छन । गत ३ कार्तिकमा जंगली हात्तीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा ६६ बर्षिया ध्वज बहादुर कार्की र ५५ बर्षिया मथुरा कार्की मृत्यु भएको दुई महिना नवित्दै फेरी जंगली हात्तीले कार्तिक पहिलो साता गरेको आक्र्रमणको झण्डै १५ किलोमिटर दक्षिणमा अर्को घटना भएको छ । हात्तीले दुई महिना नवित्दै तीन जनाको ज्यान लिएको छ ।
कञ्चनपुरमा हात्तीको आतङ्क नरोकिएपछि वन क्षेत्रका स्थानीय त्रसित भएका छन । हात्तीबाट हुने मानविय तथा भौतिक क्षति न्यूनिकरणका लागि तीन तीन सरकार हुँदा समेत कसैले न चिन्ता न चासो दिएका छन । बर्षनी जंगली हात्तीको बथानले मानविय तथा भौतिक क्षति गरिरहेको छ ।

ताजा समाचार