Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैली१४अाैं महाधिवेशनमा विकासप्रेमी नेता बिष्टको पनि केन्द्रीय सदस्यमा उम्मेदवारी

१४अाैं महाधिवेशनमा विकासप्रेमी नेता बिष्टको पनि केन्द्रीय सदस्यमा उम्मेदवारी

कञ्चनपुर ,

नेपाली कांग्रेसको १४ अाैं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि कांग्रेसमा बिकास प्रेमीनेता भनी चिनिने बेलाैरीका नेता दिवान सिह बिष्टले समेत उम्मेदवारी दिएका छन् ।

  केन्द्रमुखी राजनीतिक पहुँच दुर्गम बस्तीमा पुगाउनका लागि आफुले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएको नेता बिष्टले बताएका छन् ।

जननायक बिशेश्वर प्रसाद कोईरालाले कल्पना गरे झै काँग्रेसलाई गाउँ बस्तीका बिपन्न , निमुखा जनताको हितैषी र काँग्रेसको नेतृत्व गाउँ बस्तीमै स्थापित गराउदै जननायक बिपीको परिकल्पना पूरा गर्न आफुले १४ औं महाधिवेशनमा उम्मेदवारी दिने सम्पुर्ण तयारी पूरा गरि प्रचारमा लागि परेको बताए ।

कोरोना संक्रमणले थला परेका गाउँ बस्तीका बिपन्न र निमुखा जनताको घरदैलोमा राहत र स्वास्थ्य सामाग्री बोकेर पार्टी र संगठनको गरिमा बढाउने अभियानमा नेता बिष्ट जुटेका थिए ।

काँग्रेस नेता बिष्ट भन्छन् -दुर दराज र दुर्गम बस्तीमा नेतृत्व रुपान्तर गरि जनताको घरदैलोमा काँग्रेसको संगठन मजबुत बनाउन आफुले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको हु । निमुखाको मुद्दामा प्रतिबद्ध हुँदै पैरवी गर्दै पार्टी र संगठनको शाख बढाउन आफुले उम्मेदवारी दिएको नेता बिष्टले बताए ।

२०३२ साल देखि नेविसंघको राजनीतिबाट काँग्रेसको राजनीतिमा प्रवेश गरेका नेता बिष्ट पार्टीका विभिन्न तहको नेतृत्व गर्दै संगठन सुदृढीकरणमा आफुलाई क्रियाशिल पार्दै आएका छन् ।
उनी पार्टीको क्षेत्रीय सभापति , जिल्ला सदस्य , महाधिवेशन प्रतिनिधि , महासमिती सदस्य रहेर पार्टीका धेरै तहमा काम गरि खारिएका नेताका रुपमा परिचित छन् ।

नेता बिष्ट नेपाली काँग्रेसको प्रतिनिधित्व गर्दै बेलौरी नगर बिकास समितिको अध्यक्ष , सुकुम्बासी समस्या समाधान आयोगको सदस्य , शुक्लाफाँटा आरक्ष आयोगका अध्यक्ष समेत रहि सकेका उनी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसका तर्फ बाट निर्वाचित संबिधानसभा सदस्य समेत हुन ।

जनमुखी र सुदृढ काँग्रेस निर्माणका लागि दुर्गम बस्तीमा नेतृत्व रुपान्तरणको आफ्नो अभियानलाई साथ दिन देश भरका महाधिवेशन प्रतिनिधि , जिल्ला सभापति र क्षेत्रीय सभापति हरुमा अपिल गरेको छु र मतदान गरि बिजयी गराउनु हुनेछ भन्नेमा आफू विश्वस्त रहेको नेता बिष्टले बताए ।

ताजा समाचार