Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीमाओवादी केन्द्र बेलौरीबाट प्रभावशाली नेता कार्यकर्ता प्रदेश महाधिवेशन प्रतिनिधी छनौट

माओवादी केन्द्र बेलौरीबाट प्रभावशाली नेता कार्यकर्ता प्रदेश महाधिवेशन प्रतिनिधी छनौट

शीत्तल भट्ट,
आजदेखि नेकपा माओवादी सुदूरपश्चिम प्रदेश प्रथम महाधिवेशनका लागि कञ्चनपुरको बेलौरी नगर कमिटिले प्रदेश महाधिवेशन प्रतिनिधीको छनौट गरेको छ । माओवादी केन्द्र बेलौरीले ढिलो गरि प्रदेश महाधिवेशन प्रतिनिधी टुङगो लगाएपनि प्रभावशाली नेता कार्यकर्ता प्रदेश प्रतिनिधीमा छनौट भएका छन । गयराती नेताहरुले सहमतीय आधारमा प्रदेश प्रतिनिधीको टुङगो लगाएको माओवादी केन्द्र बेलौरीका उपाध्यक्ष रामेश्वर न्यौपानेले बताए । लामो छलफल बहस अन्र्तरकृयापछि माओवादी केन्द्र बेलौरीले प्रदेश महाधिवेशन प्रतिनिधी सदस्यको टुङगो लगाएको उनले बताए । उनका अनुसार बेलौरीका सदस्य संख्याको अनुपातमा दर्जनौँ नेता कार्यकर्ता प्रदेश प्रतिनिधीमा छनौट भएका छन । बेलौरीका माओवादी नेताद्वय राजेन्द्र प्रशाद जोशी र हर्क भुललाई प्रदेश महाधिवेशन आयोजक कमिटिमा चयन गरिएको छ । भने बाँकीलाई छनौट गरिएको छ । बेलौरीबाट माओवादी केन्द्र सुप प्रदेशको प्रतिनिधी सदस्यमा छनौट भएका यि हुन । प्रभावशाली नेता कार्यकर्ता ः राम बहादुर गुरुङ्ग, रामदास चौधरी(करन), रतन बहादुर शाही, मनोहर राना, लाल ब. चौधरी, राम लुलारी गिर, झक बहादुर श्रीष(मगर), सोमलाल चौधरी, कृष्ण चौधरी, रामेश्वर न्यौपाने, सुन्दर चौधरी, यज्ञ प्रशाद कडेल, राम प्रकास बडायक, लक्ष्मी नाथ, राधा कडेल, निरासा चौधरी, सारदा सार्की, विष्णू माया सार्की, मञ्जु शाह, धर्मसिह ऐरी, सारदा चौधरी, प्रेम बहादुर केसी, चक्र्रघर जोशी रहेका छन । भने । भोला प्रशाद चौधरीलाई प्रदेश सल्लाहकारमा छनौट गरिएको छ ।

ताजा समाचार