Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीमाओवादी केन्द्र लालझाडी बाट यि हुन प्रदेश महाधिवेशन प्रतिनिधी

माओवादी केन्द्र लालझाडी बाट यि हुन प्रदेश महाधिवेशन प्रतिनिधी

कञ्चनपुर,
नेकपा माओवादी केन्द्र लालझाँडी गाँउपालिकाबाट पनि प्रदेश महाधिवेशन प्रतिनिधी छनौट भएका छन । माओवादी केन्द्र लालझाडी गाँउपालिकाको प्रथम गाँउ अधिवेशनबाट प्रदेश प्रतिनिधी छनौट भएका हुन । माओवादी केन्द्र लालझाडीका युवा नेता जगदिश सेटीले सहमतीय आधारमा प्रदेश प्रतिनिधी छनौट भएको बताए । उनका अनुसार मदनसेन बडायक, जगदिश सेटी, सत्यादेवी महरा, भक्ता राना, भागुराम चौधरी प्रदेश महाधिवेशन प्रतिनिधीमा छनौट भएका छन । माओवादी केन्द्रले वडा, पालिका सम्मेलन गरेर अब २५ र २६ मंसिरमा सातै प्रदेशबाट एकसाथ प्रदेश महाधिवेशन हुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल माध्यमबाट प्रदेश महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

ताजा समाचार