Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीलाइसेन्स नभएका अटोरिक्साबाट एकैदिनमा ६६ हजार राजश्व संकलन

लाइसेन्स नभएका अटोरिक्साबाट एकैदिनमा ६६ हजार राजश्व संकलन

कैलालीको अत्तरिया बजारमा संचालिन लाइसेन्स नभएका अटोरिक्साबाट एकैदिनमा ६६ हजार राजश्व संकलन गरिएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले मंगलबार १ सय ३२ अटोरिक्सालाई कारवाही गरेर उक्त राजश्व संकलन गरेको हो ।

मंगलबार प्रदेश ट्राफिक कार्यालय अत्तरियाले अत्तरिया बजार क्षेत्रमा संचालिन २ सय ३ अटोरिक्सालाई कार्यालय परिसरमा बोलाएर अभिमुखिकरण दिएको थियो । त्यसपछि लाइसेन्स, परमिट लगायतका कागजात जाँच गरी उक्त कागजात नभएका अटोरिक्सालाई जरिवाना तिराएको थियो ।

जसमा १ सय ३२ अटोरिक्साको कागजान नभेटिएपछि जरिवाना स्वरुप ५ सयका दरले कारवाही स्वरुप राजश्व बुझाउन लगाएर छोडिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले बताए ।

उनले अत्तरिया बजार क्षेत्रमा अव्यवस्थित रुपमा बिना कागजात अटोरिक्सा संचालन हुन थालेपछि अभियानकै रुपमा पहिलो पटक सबैलाई एकैपटक बोलाएर कारबाही गरिएको बताए ।

‘हामीले बजारमा बिना कागजात भेटिएका अटोरिक्सालाई कारवाही गरिरहेको भएपनि त्यो प्रभावकारी हुन सकेको थिएन’ उनले भने ‘मंगलबार सबै अटोरिक्सालाई एकैपटक बोलाएर सचेत गराउन अभियानकै रुपमा कारबाही गरेका हौ ।’ उनले अटोरिक्सा संचालकहरुले केही दिन भित्रमा आवश्वक कागजान नबनाएको पाइए पुन कारबाही गर्दै जाने बताए ।

अत्तरिया बजार क्षेत्रमा कती अटोरिक्सा छन भन्ने एकिन तथ्याङ्क नभएपनि ३ सय ५० को हाराहारीमा अटोरिक्सा रहेको अनुमान ट्राफिक प्रहरीको छ । जसमध्ये १ सय जतिको मात्रै आवश्यक कागजात भएको प्रहरीको भनाई छ ।

उता अटोरिक्सा व्यवसायीहरुले भने तत्काल लाइसेन्स बनाउन नसकिने भएकाले कारवाही गर्नु अव्यवहारीक भएको बताउँदै आएका छन ।

कारबाही गरिने थालेपछि मंगलबार आक्रोशित अटोरिक्सा चालकहरुले अत्तरियाको पुर्व रोडमा ट्राफिक पोष्ट अगाडी सडक चक्काजाम गर्नुका साथै प्रदेश ट्राफिक कार्यालय घेराउ गरेका थिए भने बुधबार पनि उनीहरुले नगरपालिका घेराउ गरेका छन ।

 

ताजा समाचार