Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीमाओवादी केन्द्र कृष्णपुर नगरबाट यि हुन प्रदेश महाधिवेशन प्रतिनिधी

माओवादी केन्द्र कृष्णपुर नगरबाट यि हुन प्रदेश महाधिवेशन प्रतिनिधी

कञ्चनपुर,
नेकपा माओवादी केन्द्र कृष्णपुर नगरबाट पनि प्रदेश महाधिवेशन प्रतिनिधी छनौट भएका छन । माओवादी केन्द्र कृष्णपुर नगरबाट ११ जना प्रदेश महाधिवेशन प्रतिनिधी छनौट भएका हुन ।
माओवादी केन्द्र कृष्णपुर नगरकै सम्मेलनका दिन प्रदेश महाधिवेशन प्रतिनिधी निर्वाचित भएको जनाएको छ । माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव वाईसियल कञ्चनपुरका इन्चार्ज अर्जुन साउदले नगर सम्मेलनकै दिन प्रदेश प्रतिनिधी सहमतीय आधारमा छनौट भएको बताए । उनका अनुसार उमाकान्त जोशी, बलाराम पन्त, अर्जुन साउद, सुरेश धामी, शिवदत्त पन्त, दिपक खत्री(निर्माण), जोगराज चौधरी, सिद्धराज ताम्राकार, सिता चौधरी, आशा ताम्राकार, अक्कल बोहरा प्रदेश महाधिवेशन प्रतिनिधीमा छनौट भएका छन । माओवादी केन्द्रले वडा, पालिका सम्मेलन गरेर अब २५ मंसिरमा सातै प्रदेशबाट एकसाथ प्रदेश महाधिवेशन हुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल माध्यमबाट प्रदेश महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

ताजा समाचार