कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी बेलौरी जोड्ने सडक खण्ड अन्र्तरगत निर्माण भएको पुल भरानका लागि स्थानीयले माग अघि सारेका छन । बेलौरी नगरपालिका १० शिवनगर र बेलडाँडी गाँउपालिका ३खैरिघाट नालामा निर्माण भएको पुलमा माटो भरान नहुँदा आवत जावतमा समस्या भईरहेको छ । स्थानीय सहित जनप्रतिनिधीले सडक डिभिजन कार्यालय कञ्चनपुरमा पुलको दुवै तर्फ माटो भरान गरिदिन सडक डिभिजन कार्यालय कञ्चनपुरमा पत्र बुझाएका छन । बेलडाँडी गाँउपालिका ३का वडाध्यक्ष दुर्गा प्रशाद चौधरीले पुलको दायाँबाँया माटो भरान नहुँदा दैनिक आवत जावतमा समस्या भएको बताए । ‘पुल एकदमै ज्यानमारा जस्तै छ, ‘उनले भने, ‘दैनिक यात्रा गर्न समस्या भएको छ ।’ ठेकेदारले अधुरै काम छाडेपछि सडक कार्यालयबाट तोकेता गर्नका लागि पत्र बुझाएको बताए । बेलडाँडी गाँउपालिका अध्यक्ष धन बहादुर थापाले सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सरला न्यौपानेलाई पत्र बुझाउँदै ठेकेदारलाई तोकेता गर्न जोडदिनुभयो । गाँउपालिका अध्यक्ष थापा सहित बेलौरी नगरपालिका १०का वडाध्यक्ष हरिराम चौधरी, बेलडाँडी ३ का वडाध्यक्ष दुर्गा चौधरी, उखु हकहित संरक्षण किसान हकहित संरक्षण समितिका अध्यक्ष हरिचन्द्र, महाकाली सुगरमिलबाट रमेश थापा सहितका प्रतिनिधीले सडक निर्माणमा लागि ताकेता गरेका छन ।

