Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीमहाकाली अस्पतालका अध्यक्ष जोशी सम्मानित

महाकाली अस्पतालका अध्यक्ष जोशी सम्मानित

कञ्चनपुर,
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर) सम्मानित भएका छन । कञ्चनपुर उद्योग वाणिज्य संघले अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष जोशीलाई सम्मान गरेको छ ।
उद्योग वाणिज्य संघको सोमबार भएको ३१ औँ बार्षिक साधारण सभाबाट अध्यक्ष जोशीलाई सम्मान गरिएको हो ।
दुई चरणको कोरोना महामारीका बेला जनताको स्वास्थ्यका लागि अहम भूमिका निर्वाह गरेर कोरोना नियन्त्रणका लागि अहोरात्र खटिएको भन्दै जोशीलाई प्रमुख अथिति सुप प्रदेशका आर्थिक मामतामन्त्री तारालामा तामाङ्ग र संघका अध्यक्ष जंग बहादुर मल्लले दोसल्ला ओढाएर प्रमाण पत्र हस्तान्तरण गर्दै सम्मान गरेका छन ।
जोशीलाई सम्मान गरेको भन्दै स्थानीय, उद्योगी व्यवसायी थप उत्साहित भएका छन । सम्मान गर्नुपर्ने व्यक्तिलाई सम्मान गरेको भन्दै उनको प्रसंसा गरिएको छ । महामारीका बेला अध्यक्ष जोशी आफै काममा खटिएका थिए । जबकी एम्बुलेन्समा उपचारका लागि ल्याएका कोरोनाका बिरामीलाई अध्यक्ष जोशी आफैले निकालेर अस्पतालको बेडमा पु¥याएका थिए । अध्यक्ष जोशीको सम्मानप्रति नागरिक समाजले समेत आभार प्रकट गरेका छन । मान्छेको कामको सहि मुल्याङ्कन भएको नागरिक समाजका अगुवाको ठहर छ । सम्मान पाएका जोशीले थप जनसेवाको काममा खटिन हौसला मिलेको बताएका छन ।

ताजा समाचार