Monday, August 8, 2022
गृहपृष्ठखेलकुदपुनर्वासमा सैनिक कप फुटबल प्रतियोगिता शुरु, पूनर्वास ३ युवा क्लबको विजयी शुरुवात

पुनर्वासमा सैनिक कप फुटबल प्रतियोगिता शुरु, पूनर्वास ३ युवा क्लबको विजयी शुरुवात

हरिलाल जोशी,
कञ्चनपुरको दक्षिणी क्षेत्र पूनर्वास नगरपालिकामा सैनिक कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
अरनिको युवा क्लबको आयोजनामा आइतबारदेखि सैनिक कप फुटबल प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको सुप प्रदेशका आर्थिक मामलामन्त्री तारालामा तामाङ्ग र पूनर्वास नगरका मेयर जिवनराज थापाले प्रतियोगिता उद्घाटन गरेका छन । पूनर्वास नगरका मेयर थापाले प्रतियोगिताबाट नगर क्षेत्रको खेलकुद विकास हुने बताए । मन्त्री तामाङ्गले गाँउ गाँउमा हुने फुटबल प्रतियोगिताबाट खेल क्षेत्रको विकास हुने बताए । उद्घाटनकै दिन पूनर्वास नगरपालिका ३नम्बर वडा युवा क्लबले जितको शुरुवात गरेको छ । पूनर्वास नगरपालिका ३ले दशरथ युवा क्लबलाई २का बिरुद्ध ४गोलले पराजित गरेको हो । पूनर्वासले ४ र दशरथले २गोल मात्रै गरेको थियो । अरनिको युवा क्लबका अध्यक्ष दाउत तामाङ्गले गाँउ क्षेत्रको खेलकुद विकास र खेलाडीलाई उच्च बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । ‘हाम्रो गाँउमा सैनिक धेरै छन, ‘उनले भने, ‘केही घर आएसके, केही बहालमै छन,उहाँहरुको सहयोगले प्रतियोगिता संचालन गर्न गएका छौँ ।’ ख्रिष्टमसको अवसर पारेर फुटबल प्रतियोगिता आयोजना गरिएको बताउँदै उनले प्रतियोगितामा १९टिमको सहभागिता रहेको बताए । विजेता टिमलाई नगद एक लाख, उप विजेतालाई ५५ हजारका साथै ट्रफि, प्रमाण पत्र, मेडल प्रदान गरिने बताए । ‘हामीले हरेक प्रतियोगितामा म्यान अफ दी म्याच घोषणा गरेका छौँ, ‘उनले भने, ‘हार्ने जित्ने दुवै खेलाडीको बृद्धि विकास गर्ने हाम्रो लक्ष्य हो ।’ ०५२सालमा स्थापना भएको क्यबले हरेक बर्ष खेलकुद प्रतियोगिता गर्दै आएको थियो । कोरोना सहित विवित कारणले विचमा खेलकुद प्रतियोगिता हुन नसकेपनि अहिले भईरहेको बताए । उनले पूनर्वास घर भएका राष्ट्रिय खेलाडी फिलिम तामाङ्गको हौसलाका प्रतियोगिता जोडिने बताए । पूर्व सैनिक मान बहादुर तामाङ्गले लडाईमा रहेका सैनिकलाई गौरब अनुभुति हुने बताए । अर्का पुर्व सैनिक खडक ब. कार्कीले प्रतियोगिताबाट बहालवाला तथा पुर्व सैनिक उत्साहित भएको बताए । प्रतियोगिता १पुषसम्म संचालन हुने छ ।

ताजा समाचार