Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीपुनर्वासमा डिजिटल पाश्र्वचित्र र राजस्व सुधार कार्य योजना हस्तान्तरण

पुनर्वासमा डिजिटल पाश्र्वचित्र र राजस्व सुधार कार्य योजना हस्तान्तरण

कञ्चनपुर,
कञ्चनपुरको पूनर्वास नगरपालिकामा डिजिटल पाश्र्वचित्र र राजस्व सुधार योजना हस्तान्तरण गरिएको छ । युएसएआडीको “साझेदारी – संघीयता सहयोग” कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा नगरपालिकाको डिजिटल प्रोफाईल र राजस्व सुधारका लागि तयार पारेको कार्य योजना हस्तान्तरण गरिएको हो ।
आइतबार एक कार्यक्रमका विच डिजिटल पाश्र्वचित्र र राजस्व सुधार कार्य योजना नगर प्रमुख जिवनराज थापालाई हस्तान्तरण गरिएको छ ।
राजस्व सुधार कार्ययोजना तर्जुमा गर्नुको प्रमुख उद्देश्य नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ र नगरपालिकाका बार्षिक आर्थिक ऐन र अन्य सम्बन्धित कानून बमोजिम नगरपालिकाको राजस्व परिचालन क्षमताका आधारमा स्रोतको सम्भाव्यता, जनताको कर तिर्नसक्ने क्षमता र नगरको राजस्व प्रशासनको विश्लेषण गरी आवश्यक सुधारका उपाय पहिचान गर्दै राजस्व अभिबृद्धि गर्न कार्यान्वयन योग्य कार्ययोजना तयार गरिएको थियो । कार्यक्रममा नगरपालकाको तर्फबाट नगर प्रमुख जिवनराज थापा, नगर उपप्रमुख शारदा शर्मा विष्ट तथा प्रशासकीय अधिकृत धौलराम सार्की साझेदारी संघीयता सहयोग कार्यक्रका तर्फबाट महेश नेपालले नगरको प्रोफाई र राजस्व सुधार कार्य योजनाको औचित्यबारे धारणा राखेका थिए ।

ताजा समाचार