Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीआफ्नो क्षेत्रमा जंगली जनावरले आतंक मचाउदा समेत पिडितहरुलाई भेट्न मानेनन् पुर्व मन्त्री...

आफ्नो क्षेत्रमा जंगली जनावरले आतंक मचाउदा समेत पिडितहरुलाई भेट्न मानेनन् पुर्व मन्त्री मगरले, आफ्नो पार्टीको कार्यक्रम सम्वोधन गर्न आएका उनलाई छैन् आफ्ना नागरिकको चिन्ता

बेलडाँडी,
कञ्चनपुर जिल्लाको दक्षिणी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संग जोडिएको बस्तीमा दैनिक जसो जंगली जनावर हात्तीले आतंक मचाउदा समेत सोही ठाउँ पुगेकी यस क्षेत्रकी सांसद तथा पुर्व खानेपानी मन्त्री विना मगरले भेट्न मानिनन् ।

यस क्षेत्रबाट चुनाव जितेर अभिभावक बनेकी पुर्व खानेपानी मन्त्री मगरले आफ्ना क्षेत्रका समस्या के छन् बुझ्नु त कहाँको कुरो हो यहाँ कहिले बाघले कहिले हात्तीले बर्ष भरी लगाएको खेतीबाली नाश गरिदिदा समेत कुनै प्रकारको मलमपट्टी त कहाँ हो कहाँ भेटेर आसवासन समेत नदिएको स्थानिय बताउछन् । ज्यानको प्रवाह नगरी बेलडाँडी ५ झिलमिलाका स्थानियहरु हात्ती भगाउन रात भर जागाराम भएर बस्ने गरेका छन् । साझ हुना साथ हात्ती बस्ती पस्ने, भण्डारण गरेर राखेको अन्नबाली, ऊखु खाईदिने गरेको स्थानिय युवा इन्द्र खडकाले बताए । उहाँका अनुसार यस क्षेत्रबाट निर्वाचित संविधान सभा सदस्य दिवान सिह बिष्ट ज्यु जनताको सानो समस्यामा पनि घरमा पुग्ने पिडितहरु संगै हातेमालो गर्दै पिडा साटासाट गर्ने तर यी मन्त्री समेत भइसकेका मगरले कुनै जनताको समस्यामा चासो नदिने गरेको स्पष्ट भएको बताए ।

यस क्षेत्रले पहिलो पटक मन्त्री पाउदा हर्षित भएका यहाँका जनता अहिले निराशा भएका छन् । एकल महिला समेत रहेकी पुर्व मन्त्री मगरले एकमहिलाहरुको पक्षमा राम्रा कार्यक्रम ल्याउछन् की भनि आशा गरेको एकल महिलाहरु निराशा भएका छन् । यस्तै थुप्रै जनतालाई आशवासन दिएका माओवादी पाटीका नेता कार्यकर्ता आफ्ना मन्त्रीले सिन्को समेत नभाच्दा पार्टीबाट पलायन भएका छन् । उनीहरु भन्छन् चुनावमा उनको तर्फबाट सामाजिक विकासका कुराहरु धेरै गरेम तर उनीले काठमाडौं गएर फर्की नहेर्दा हामीहरुले जनताको धेरै गुनासो सुन्न परेकाले सो पार्टी त्यागेका हौं भन्नु हुन्छ ।

हिजो आफ्नो पाटीको सम्मेलन सम्वोधन गर्न आएकी मगरले एकपटक यहाँका जंगली जनावर पिडितहरुलाई भेट्न समेत नमान्दा यहाँका नागरिकहरु निराशा बनेका छन् । न त उनका पार्टीका नेता कार्यकर्ताहरुले ति पिडितहरुलाई भेटाउन न त उनैले चाहे । अभिभावक भइसके पछि कम्तिमा नैतिकताका हिसावले त्याहाँका नागरिकहरुलाई भेट्नु पर्ने होइन र ?

ताजा समाचार