Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीसमाजवादी बेलौरीको अध्यक्षमा कठायत

समाजवादी बेलौरीको अध्यक्षमा कठायत

लाल बहादुर एसके,
नेकपा एकिकृत समाजवादी बेलौरीको अध्यक्षमा चक्र कठायत चयन भएका छन । बिहीबार समाजवादी बेलौरीको प्रथम नगर सम्मेलदनबाट अध्यक्षमा कठायत भएका हुन । उपाध्यक्ष बिर बहादुर चौधरी, सचिव सुरेन्द्र शाही, उप सचिव रमेश सुनार, रामप्यारी विक, तौला राना लगायत चयन भएका छन । अध्यक्ष कठायत बेलौरी मात्र नभई प्रदेशकै उत्कृष्ठ किसानका रुपमा परिचित छन ।
नेकपा स्थायी कमिटि सदस्य उर्वादत्त पन्तले सम्मेलनको उद्घाटन गर्दै गाँउ गाँउमा रहेको ओली विकृती परास्थ गर्न राष्ट्रवादी शक्तिहरु एकजुट हुन आब्हान गर्नुभयो । कार्यक्रममा नेकपा एकिकृत समाजवादी सुप प्रदेश इन्चार्ज गरिमा शाह, प्रदेश अध्यक्ष विक्रम शाही स्थायी कमिटि सदस्य उर्वादत्त पन्त, सुप प्रदेश उप सचिव तारा लामाङ्ग, जिल्ला इन्चार्ज लाल बहादुर खडका, क्षेत्र नम्बर १का इन्चार्ज लाल बहादुर शाही, एकिकृत समाजवादीका नेता बिनोद नेपाली, आरपी सार्की लगायत जिल्ला अध्यक्ष जिवनराज थापा सहितका नेताहरुको सहभागिता रहेको थियो । समाजवादी कञ्चनपुरका अध्यक्ष थापाले बेलौरी जस्तै अन्य पालिकाहरुमा सम्मेलन हुने बताए । उनले कञ्चनपुरमा समाजवादी एमाले भन्दा बलियो पाटी बनेर अघि बढने बताए ।

ताजा समाचार