Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीमाओवादीकाे प्रथम नगर अधिबेशन सम्पन्न,पुनर्वासमा धाेखे रानाले नेतृत्व गर्दै

माओवादीकाे प्रथम नगर अधिबेशन सम्पन्न,पुनर्वासमा धाेखे रानाले नेतृत्व गर्दै

जुद्ध चाैधरी/पुनर्वास,
नेकपा माअाेवादी पुनर्वास नगर समितिकाे प्रथम नगर अधिबेशन मँगलवार सम्पन्न भएकाे छ । अधिबेशन बाट धाेखे राना अध्यक्षमा सर्वसम्मत चयन भएका छन ।
अधिबेशनकाे पुर्वखानेपानि मन्त्रि तथा नेकपा माअाेवादी सुदूरपश्चिम प्रदेशका सहईन्चार्ज बिना मगरले उद्घाटन गर्नु भएकाे छ । कार्यक्रममा बाेल्दै बिना मगरले पार्टि बनाउन एक ढिक्का भएर अघि बढ्नु पर्नेमा जाेड दिनु बताउनु भयाे । दशाैँ हजार शहिदकाे बलिदानि बाट प्राप्त जनबादी गणतन्त्रकाे रक्षा गर्न पार्टि बाट कमिकमजाेरी भएकाले पार्टीलाई सुदृढीकरण गर्दै जानु पर्ने उहाँले बताउनु भयाे । नगर कमिटिले सक्षम ब्यक्तिकाे नेतृत्वमा सर्बसम्मत कमिटि गठन र सफल कार्यकालकाे शुभकामना समेत ब्यक्त गर्नु भयाे ।

नेकपा माअाेवादीकाे प्रथम अधिबेशनबाट उपाध्यक्षमा प्रेम बस्नेत, सन्त कुमार चाैधरी र देदुराम चाैधरी, सचिवमा सुर्य बि.क. , सहसचिवमा धर्मेन्द्र जेठारा र काेषाध्यक्षमा शाेभा सुनार चयन भएका छन । नेकपा माअाेबादी केन्द्रकाे ५९ सदस्यीय नगर कमिटि रहने छ।
कार्यक्रममा नेकपा माअाेवादी केन्द्रका सुदूरपश्चिम सहईन्चार्ज देबीलाल चाैधरी, टेकेन्द्र भट्ट, अमर चाैधरी लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

ताजा समाचार