Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी समाजवादी पार्टीको शुक्रवार प्रथम भेला हुने

बेलडाँडी समाजवादी पार्टीको शुक्रवार प्रथम भेला हुने

बेलडाँडी,
नेकपा एमालेबाट विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को शुक्रवार प्रथम गाउँ भेला हुने भएको छ ।

पार्टी नयाँ गठन भए लगत्तै कमिटी गठन गर्दै समाजवादी पार्टीले गाउँ नगर भेला गर्दै आएको छ । बेलडाँडीमा समेत १७ गते शुक्रवार भेला हुने समाजवादी बेलडाँडीका युवा नेता हरिप्रसाद शर्माले जानकारी गराउनु भयो । उहाँका अनुसार रौलेश्वर मा.वि.को प्राङ्गण दिउँसो करिव १२ बजे थाइकमिटी तथा केन्द्रिय नेताहरुले भेलालाई सम्वोधन गर्ने बताउनु भयो । समाजवादीले पछिल्लो समयमा आफ्नो संगठन विस्तारमा निकै ध्यान दिदै समृद्धिको बाटो हुदै समाजवादको लक्ष्य रहेको जनाएको छ ।

ताजा समाचार