Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीनेपाली काँग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी निर्वाचित

नेपाली काँग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी निर्वाचित

नेपाली काँग्रेस कञ्चनपुरको सभापतिमा पदमा बोगटी निर्वाचित हुनु भएको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरमा शुक्रबार देखि सुरु भएको जिल्ला अधिवेशनमा शनिबार मतदान भई आइतबार अपराह्न सम्पन्न मतगणनाको परिणाम अनुसार बोगटी सभापतिमा निर्वाचित हुनु भएको हो । सभापति पदमा निर्वाचित पदम बोगटीले ८०६ मत प्राप्त गर्नु भएको छ । सभापति पदका अर्का उम्मेदवार बहादुर सिंह थापाले ७१५ मत मात्रै प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, नेपाली काँग्रेस कञ्चनपुरको उपसभापतिमा मीन बहादुर सिंह (७८६) र हरिचन्द्र राना (७६३) निर्वाचित हुनुभयो । प्रतिद्वन्द्वी शङ्कर बहादुर चन्द (७४०) र दिवाकर पाण्डेय (७०४) निर्वाचित हुन सक्नु भएन । सचिवमा भीमराज भट्ट (७२८) र हेमराज ओझा (६९४) निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वीहरू जनक धामी (६८०),  सिद्ध राज भट्ट (६८०) र तर्कराज भट्ट (१०३) निर्वाचित हुन सक्नु भएन । काँग्रेस कञ्चनपुरको सहसचिवमा नाफु सिंह साउद (७२६) र पुष्कल चौधरी (६७४) निर्वाचित हुनु भएको छ । प्रतिद्वन्द्वीहरू कविराज भट्ट (६५९), हरि प्रसाद अधिकारी (६१७) र कलक बहादुर सिंह (२९७) निर्वाचित हुन सक्नु भएन

ताजा समाचार