Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी पुगेका कांग्रेस नेता लेखकद्वारा बोगटी प्यानललाई जिताउन आग्रह

बेलडाँडी पुगेका कांग्रेस नेता लेखकद्वारा बोगटी प्यानललाई जिताउन आग्रह

बेलडाँडी,
हिजो बेलडाँडी पुगेका कांग्रेस नेता रमेश लेखकले जिल्ला सभापतिका उमेदवार पदम बोगटी प्यानलमा मतदान गर्न सबैमा आग्रह गरेका छन् । नेपाली कांग्रेस भित्रको गुटगत राजनिति अन्त गर्नका लागि बोगटी प्यानलाई जिताउनु पर्ने बताए । बेलडाँडी कार्यकर्ता भेटघाटको निम्ति पुगेका लेखकले अराजनैतिक, दादागिरी शैलिले मतदाताहरुलाई धम्काउने विभिन्न प्रलोभन देखाउने गरेको सुन्नमा आएकोले यो कदापी ठिक नभएको बताए ।

उहाँका अनुसार नेपाली कांग्रेसको विधान भन्दा माथी उठेर साथीहरुले उमेदवारी दिनु पाटीका निम्ति ठिक नभएको बताउदै राष्ट्रिय राजनिति बनाउने बेला जिल्लामा खुम्च्याउन खोजेका बहादुर थापालाई अझै पनि केन्द्रिय राजनितिमा लाग्न आग्रह गर्नु भयो ।

यस्तै बेलडाँडीका तरुण युवा तथा तरुण दलका जिल्ला उपसभापतिका प्रत्याशी ललित खत्रिका अनुसार गुटगत राजनिति सबै कांग्रेसीको पक्षमा नभएको भन्दै, अराजनैतिक, दादागिरी, पैसाको प्रलोभन, जस्ता कार्य लोकत्रान्त्रिक पाटीमा नहुनुपर्ने झिन देखिएकाले चिन्ता व्यक्त गर्नु भयो । उहाँले भने जनक धामी जस्ता इमान्दा कार्यकर्ता जो अहिले जनक धामीको पछि हातधोएर लागेका छन् धामीले पाटीलाई योगदान दिने बेला तिनिहरु दारु खाएर नालिमा भेटिनेहरु अहिले चिल्ला कुरा गर्दै हिडेको बताए ।

जनक धामी अहिले जिल्ला सचिव पदका उम्मेदवार हुन् । सचिव पदका उम्मेदवार धामीले पाटी आन्दोलनमा विभिन्न योगदान पुर्याउदै आएका छन् । २०४६ सालको जनआन्दोलनको क्रममा थुनामा । २०४७ साल देखि २०४८ सालसम्म नेपाल विद्यार्थी संघ सिद्धनाथ बहुमखी क्याम्पस इकाई अध्यक्ष, २०४९ सालमा स्ववियु सभापतिको उम्मेदवार, २०४९ साल देखि २०५१ सालसम्म नेपाल विद्यार्थी संघ कञ्चनपुरको जिल्ला सचिव, २०५१ साल देखि २०५३ साल सम्म नेपाल शिक्षक संघ कञ्चनपुरको जिल्ला सह सचिव, २०५५ सालमा सुकुम्वासी आयोग कञ्चनपुरको जिल्ला सदस्य, २०५६ सालको आम निर्वाचनमा दार्चुलाका लागि केन्द्रिय पर्यवेक्षक,२०५८ सालमा नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं.२ को उप सभापति, २०५९ सालमा नेपाली कांग्रेस क्षेत्र नं. २ को सभापति, २०७२ साल देखि हालसम्म नेपाली कांगेस कञ्चनपुर जिल्ला सदस्य तथा प्रशासन विभाग संयोजक, १४ औं महाधिवेशनमा क्षेत्र नं.१ बाट महाधिवेशन प्रतिनिधी, भोली हुने जिल्ला अधिवेशनमा जिल्ला सचिव पदको उम्मेदवार रहेका छन् ।

जिल्ला सभापति सहित ५२ पदका लागि ९५ जनाको उम्मेदवारी परेको छ । काँग्रेस महाधिवेशन कार्य तालिका अनुसार शुक्रबार सभापति, पदाधिकारी सहित जिल्ला सदस्य पदका लागि ९५जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत नविन सिह धामीले बताए । उनका अनुसार १ सभापति, २ उप सभापति, २ सचिव, २ सह सचिव र ४५जिल्ला सदस्यका लागि ९५जनाले उम्मेदवारी दर्ता गराएको बताए ।

ताजा समाचार