Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीमाओवादी केन्द्र भीमदत्त नगरका वडा अधिवेशन जारी

माओवादी केन्द्र भीमदत्त नगरका वडा अधिवेशन जारी

कञ्चनपुर,
नेकपा माओवादी केन्द्र भीमदत्त नगरका विभिन्न वडाहरुमा अधिवेशन जारी राखेको छ । माओवादी केन्द्रले मंगलबारपनि भीमदत्त नगरका बाँकी वडाहरुमा अधिवेशन गरेको छ । माओवादी केन्द्र कञ्चनपुरका नेता कृष्णदत्त जोशी(बोक्सर)ले नगरका बाँकी वडाहरुमा अधिवेशन गरेको बताए । दुवै वडाहरुमा निर्वाचन मण्डलका संयोजक बिरेन्द्र प्रशाद भट्टले गरेका थिए ।
उनका अनुसार भीादत्त १२, १३ मा वडा अधिवेशन भएका छन । १२मा सन्तराज पन्त र १३मा प्रेमसिह थापाको अध्यक्षमा २९ सदस्यीय कडा कमिटि विस्तार भएका छन । माओवादी केन्द्रकी नेतृ कौसिल्ला ओझाको प्रमुख आथित्यमा भएको कार्यक्रममा माओवादी केन्द्रका नेता कृष्णदत्त जोशी(बोक्सर), लोकराज जोशी, विकास सुनार लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार