Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाँउपालिका १को वडा अधिवेशन, वडाध्यक्षमा चौधरी

बेलडाँडी गाँउपालिका १को वडा अधिवेशन, वडाध्यक्षमा चौधरी

कञ्चनपुर,
नेकपा माओवादी केन्द्रको आगामी पुषमा हुने राष्ट्रिय अधिवेशनको तयारी स्वरुप कञ्चनपुरको बेलडाँडीमा वडा अधिवेशन जारी रहेका छन । मंगलबार बेलडाँडी गाँउपालिका १को वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र बेलडाँडीका युवा नेता डम्बर शाहले बेलडाँडी गाँउपालिका १को वडाधिवेशन सम्पन्न भएको बताए । उनका अनुसार मनबिर चौधरीको अध्यक्षमा २९ सदस्यीय नेकपा माओवादी केन्द्र बेलडाँडी गाँउपालिका १को वडा कमिटि विस्तार भएको छ । उपाध्यक्ष रेखा चौधरी, सचिव भीमराज भट्ट, सह सचिव बिश्राम डगौरा, कोषाध्यक्ष लक्ष्मण भट्ट सहित चयन भएका छन । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता मोहन गिरी, ईश्वरी भट्ट, भुवन एसके डम्बर शाह, चेत बहादुर शाह लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । यस अघि माओवादी केन्द्र बेलडाँडी गाँउपालिका २, ४, ५का वडा सम्मेलन सम्पन्न भएका थिए ।

ताजा समाचार