Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीनेपाली काँग्रेस : कञ्चनपुर क्षेत्र नम्बर १मा उपाध्याय क्षेत्रीय सभापतिमा निर्वाचित

नेपाली काँग्रेस : कञ्चनपुर क्षेत्र नम्बर १मा उपाध्याय क्षेत्रीय सभापतिमा निर्वाचित

कञ्चनपुर,
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनबाट गोपी प्रसाद उपाध्याय क्षेत्रीय सभापतिमा निर्वाचित हुनु भएको छ । मंगलबार सम्पन्न मत गणना अनुसार उहाँले २६७ मत प्राप्त गर्नु भएको छ भने उनका प्रतिद्वन्द्वी उम्मेदवार हरि चन्द ठकुरीले २२९ मत मात्रै प्राप्त गर्नुभयो ।

त्यस्तै सचिवमा ३४७ मत सहित बिसराम राना र २७३ मत सहित पदम बहादुर रोकाया निर्वाचित हुनु भएको छ । सचिव पदका निकटतम प्रतिद्वन्द्वी हरि प्रसाद भट्टले २२१ मत मात्रै प्राप्त गर्नुभयो । सहसचिव पदमा २७० मत सहित सुरेन्द्र राना र २६० मत सहित हर्क बहादुर बिष्ट (हार्दिक) निर्वाचित हुनु भएको छ । सहसचिव पदका निकटतम प्रतिद्वन्द्वी तीर्थराज उपाध्यायले २१४ र जयबहादुर कुँवरले १८७ मत मात्रै प्राप्त गर्नुभयो ।

 

ताजा समाचार