Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीकाँग्रेस क्षेत्र नम्बर ३ मा रमेश लेखक प्यान निर्वाचित

काँग्रेस क्षेत्र नम्बर ३ मा रमेश लेखक प्यान निर्वाचित

काँग्रेस १४औँ महाधिवेशन अन्र्तरगत कञ्चनपुरको क्षेत्र नम्बर ३मा भएको निर्वाचनमा रमेश लेखक प्यानल निर्वाचित भएको छ ।

क्षेत्रीय सभापतिका लागि लेखक र संस्थापन पक्षविच कार्यगत एकता भएको थियो । क्षेत्रीय सभापतिमा रमेश लेखक निकट नेता केशव बहादुर चन्दले आफ्ना निकतटतम प्रतिद्वन्दी एनपी प्यानलका गणेश नेगीलाई १३७ मतको अन्तरले हराउँदै सभापतिमा निर्वाचित भएका हुन । नेगीले १९३, चन्दले ३३० मत ल्याएका थिए । सचिवमा लेखक प्यानलकै नेता गंगादत्त भट्ट३०१, उमेश प्रशाद जोशी ३०७, सह सचिव अर्जुनदत्त भट्ट ३४६, खडक बहादुर बस्नेत ३१९मत ल्याएर निर्वाचित भएका छन । एनपी प्यानलका सचिव शुशिला चन्दले २२६, बलाराम वन्तले १९०, सह सचिव विकास श्रेष्ठले १४५, धिरेन्द्र प्रशाद गुरुङ्गले १५९ मत ल्याएका थिए । क्षेत्र नम्बर ३बाट सभापतिमा निर्वाचित केशव बहादुर चन्दले पार्टीलाई एकढिक्का गरेर अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन । ५७६ मतदातामा ५६२मत खसेका थिए । अन्य १ र २मा निर्वाचन जारी छ ।

ताजा समाचार